ChannelNp Logo
loading...

‘म त तिम्रै हुँ’ को शिर्ष गीत यस्तो… भिडियो सहित

प्रकाशित मिति : Monday, May 23rd, 2016 at 4:34 PM



कलाकार सुस्मिता केसीले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’को शिर्ष गीत रिलिज भएको छ । श्रावण ७ गते बाट प्रदर्शनको तयारीमा रहेको यो फिल्म मार्फत उनी सात वर्षको ग्याप पछि चलचत्र निर्माणमा फर्किएकी हुन् । फिल्मको सार्वजनिक ‘म त तिम्रै हुँ’बोलको गीतमा शब्द तथा सगीत तथा गायन हर्कुलिस बस्नेतको रहेको छ । गायनमा उनलाई निखिता थापाले साथ दिएकी छिन् ।

सार्वजनिक गीतमा पाल्पाको रमणीय क्षेत्र पाल्पा दरबार, चितवन, मकानपुरको मकानपुर गढी लगायतका ठाउँको सुन्दरता देख्न सकिन्छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा नायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई फिचरिंग गरिएको छ । श्रीराम महतले निर्देशन गरेको यो फिल्म नायक अनमोल केसीको ब्यानरमा निर्माण भएको छ ।

चलचित्रमा आकाश र ज्योत्सनासँगै सुस्मिता केसी सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतका कलाकारले फिल्ममा अभिन गरेका छन् । फिल्ममा सौरभ लामाको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । सुस्मिता केसीको कथा रहेको यस चलचित्रमा सुवास थापाले समेत लगानी गरेका छन् ।

loading...
Loading...