ChannelNp Logo

विराज भट्ट अभिनित ‘जय परशुराम’को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति : Friday, August 5th, 2016 at 9:16 PM



साउन २८ गते रिलिज हुने विराज भट्ट अभिनित ‘जय परशुराम’ले आफ्नो दोस्रो गीत रिलिज गरेको छ। रिलिजको लागि एक साता बाकी रहँदा फिल्मको ‘सोझै हो’ बोलको गीत रिलिज गरिएको हो।

विराज र निशा फिचरिङ रहेको गीतमा महेश खड्काको संगीत रहेको छ। एकनारायण भण्डारीले लेखेको गीतमा दिपक लिम्बु तथा मिलन अमात्यको युगल स्वर रहेको छ। गीतलाई वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठले करियोग्राफ गरेका हुन्।

रोज राणाको निर्माण एवम् निर्देशन रहेको फिल्म लामो समयपछि विराजले अभिनय गरेको पहिलो नेपाली फिल्म भएकाले चर्चामा रहेको छ। एक्सन श्रेणीमा राखिएको फिल्मले विराजको भोजपुरीमा व्यस्त रहनुअघि रहेको स्टारडमको परिक्षणका रूपमा पनि हेरिएको छ।

‘सोझै हो, ए नानी मन पो बेइमानी’ भिडियो हेर्नुहोस…

loading...
Loading...