ChannelNp Logo

नारीको रुप धारण गरेका हमाल पुरानै शैली र आवाजमा यसरी गर्जिए : भिडियो सहित

प्रकाशित मिति : Tuesday, May 24th, 2016 at 10:16 PM



महानायक राजेश हमालको नारी अवतार रहेको फिल्म ‘सकुन्तला’को टिजर सार्वजनिक गरिएको छ । भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सकुन्तलाको टिजरमा हमाल सम्पूर्ण नारीको सम्मानका लागि भन्दै एक्सन अवतारमा प्रस्तुत भएका छन् ।
rajesh-hamal

नारीको भेषभुषामा महानायक हमाल उसै गरी गज्रिएका छन् । जस्तो उनी अन्य फिल्ममा गज्रन्थे । नारी पात्रका रुपमा हमाललाई प्रस्तुत गरिए पनि स्वर भने हमालको सक्कली नै राखिएको छ ।

दिनेश श्रेष्ठले निर्देशन गरेको सकुन्तलामा हमालसँगै नायिका अनु शाह, किशोर खतिवडा, स्मृती श्रेष्ठ, रविन्द्र बस्नेत मुख्य भूमिकामा देखिने छन् । चलचित्रलाई महेश्वर खत्रीले निर्माण गरेका हुन् ।

Loading...
loading...