ChannelNp Logo

ठमेलमा प्रहरीलाई रक्सीले मातेका युवायुवतीले धोती लगाएपछि… मच्चियो हंगामा

प्रकाशित मिति : Sunday, January 1st, 2017 at 7:31 PM




काठमाडौँ १७ पुस। शान्ति सुरक्षामा चुनौती खडा हुने भन्दै प्रहरीले अंग्रेजी नयाँ वर्षमा सडकको आवागमन प्रभावित हुने गरी कार्यक्रम गर्न नदिने घोषणा गरेको थियो । कसैले चुनौती दिएर कार्यक्रम गरे कारबाही गर्ने चेतावनी प्रहरीको थियो । तर, नयाँ वर्षमा प्रहरीको उक्त घोषणा कार्यान्यवन भएन ।

प्रहरी घोषणालाई ‘धोती लगाउँदै’राजधानीका ठमेल तथा दरबारमार्गसहितका क्षेत्रमा कन्सल्ट आयोजना गरियो । पूरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतमा निस्किएको भिडलाई प्रहरीले नियन्त्रण गर्न सकेन । अधिकांश युवायुवती रक्सीको नशामा मातिएर कार्यक्रममा सहभागी भएका थिए ।

महानगरीय प्रहरी परिसर र ट्राफिक महाशाखाले नयाँ वर्षका नाममा सडकमा अवरोध गर्नेमाथि कारबाही गरिने बताएका थिए । ठमेल पर्यटन विकास परिषदको आयोजनामा ठमलेको कर्मचारी सञ्चयकोष भवन अगाडि कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा हजारौंको सहभागिता थियो ।

यसैबीच प्रहरीले गएराति राजधानीबाट नयाँ वर्ष मनाउने हिंडेका १ सय ११ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरटेकुका निमित्त प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए । उनीहरु सबै मादक पदार्थ सेवन गरेर झैझगडा गरिरहेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । काठमाण्डुको सहयोगमा

loading...
Loading...