ChannelNp Logo
loading...

मुटु फिर्ता मागेर चर्चामा आएका गायक सरोजको ‘तिमीसंगै हे माया रमाउन चाहन्छु’ सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति : Friday, January 6th, 2017 at 10:33 PM



लामो समय देखि कोरिया बस्दै आएका गायक सरोज अधिकारीको ‘मुटु फिर्ता दिएर जाउ’को सफलता पछि ‘तिमीसंगै हे माया रमाउन चाहन्छु’ गीतको म्युजिक भिडियो ड्रीम्स प्रोडकशन मार्फत अङ्ग्रेजी नयाँबर्षको अबसर पारी सार्वजनिक गरिएको छ ।

बिदेशीएका नेपाली युवाहरूलाई लक्षितगरी तयार पारिएको ‘तिमीसंगै हे माया’ गीत कोरियाकै विभिन्न रमाइला स्थानहरुमा छायांकन गरिएको छ।

गायक सरोज अधिकारीको स्वरमा रहेको उक्त गीतमा शब्द संगीत आशिष् राज को रहेको छ भने हरि लम्सालले एरेन्ज र सम्पादन सुजन शाहीको रहेको छ। नरेन श्रेष्ठले डाईरेकशन र छायांकन गरिएको यस् गीतमा देव दहाल को स्टोरी र कोरियोग्राफ रहेको छ भने रोहन थापा र सलिना पुनले मुख्य भुमिकामा निभाएका छन । हेर्नुहोस् भिडियो…

loading...
Loading...