ChannelNp Logo

एमालेको ‘पत्तासाफ’ गर्ने बिमलेन्द्र निधिको सुत्र फेल, कांग्रेस-माओवादीलाई अर्को धक्का : सत्ता गठबन्धनलाई एमाले एक्लैले हरायो

प्रकाशित मिति : Saturday, January 7th, 2017 at 2:11 PM



काठमाडौं, २२ पुस । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले विहिबारका दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध अब अन्य दल मिलेर जानुपर्ने बताए । यति मात्रै होइन् अब देशलाई एमालेमुक्त बनाउनुपर्ने प्रस्ताव नै अघि सारे ।

त्यसमा माओवादी केन्द्र र मधेसवादी दलहरुले हो मा हो मिलाउँदै शुक्रबार सत्ता गठबन्धनको संयुक्त प्यानल पनि बनाए । तर, शनिबार विहानै संयुक्त गठबन्धनलाई एमाले एक्लैले हराएको नतिजा सार्वजनिक भयो ।

प्रसंग हो सामुदायिक रेडियो प्रसारक संघको निर्वाचन । यो निर्वाचनमा एमालेविरुद्ध सत्तापक्षका सबै दलहरु एकजुट भएर उम्मेवारी घोषणा गरेका थिए । तर, सत्ता पक्षलाई धुलो चटाउंदै प्रतिपक्षीले बाजी मार्यो ।

यस्तो थियो विमलेन्द्र निधिको सुत्र
नेपाली कांग्रेसका नेता समेत रहेका निधिले बिहिबार कांग्रेससम्बद्ध पत्रकार तथा रेडियो सञ्चालकहरुको भेलामा एमालेविरुद्ध सबै मोर्चाहरुमा माओवादी लगायतका दलहरुसँग मिलेर जाने सुत्र सुनाएका थिए ।

एमालेविरुद्ध कांग्रेस जस्तोसुकै त्याग गर्न तयार रहेको भन्दै उनले भनेका थिए– ‘अब एमालेविरुद्ध सबै मोर्चाहरुमा माओवादी लगायतका दलहरुसँग मिलेर जाने बेला आयो । आगामी निर्वाचनसम्म सहकार्य हुनुपर्छ । त्यसका लागि नेपाली कांग्रेस जस्तोसुकै त्याग गर्न पनि तयार हुनुपर्छ ।’

एमालेको ‘पत्तासाफ’ गर्ने निधिको सुत्र भन्नाले कांग्रेसले सबै पदमा माओवादी केन्द्रलाई बोक्ने र आफूले त्याग गर्ने नै थियो । तर, यो फेल भयो ।

कांग्रेस र माओवादीलाई अर्को धक्का
संविधान संशोधनमा अप्ठेरो पारिरहेको एमालेले सामुदायिक रेडियो प्रसारक संघको निर्वाचनमा पनि हराएपछि कांग्रेस र माओवादीलाई अर्काे धक्का लागेको छ ।

किशोरजंग थापा नेतृत्वको कांग्रेस-माओवादी संयुक्त प्यानललाई एमालेका एक्ला उम्मेदवार सुवास खतिवडा प्यानलले हरायो । – दैनिक नेपालबाट ।

Loading...

loading...