ChannelNp Logo

‘म अप्ठेरोमा छैन, देश अप्ठेरोमा छ’ : प्रचण्ड

प्रकाशित मिति : Saturday, January 7th, 2017 at 8:35 PM



काठमाण्डौं, २३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अप्ठ्यारो नै आफ्नो अप्ठ्यारो भएको बताएका छन् ।

वरिष्ठ बामपन्थी नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको शनिबार लोकार्पण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएको काठमाण्डूटुडेले लेखेको छ ।

उनले मुलुक सामु खडा भएको चुनौती सामना गर्न राष्ट्रिय एकतामा जोड दिए । ‘म अप्ठ्यारोमा छैन । तर, देश अप्ठ्यारोमा छ, देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो’, उनले भने, ‘देशको अप्ठ्यारो हल गर्ने प्रयासमा छु । यसका लागि राष्ट्रिय सहमति र एकता जरुरी छ ।’

प्रधानमन्त्रीले सरकार संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको रहेको बताए । संविधान कार्यान्वयनका लागि संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने तयारी गरिरहेको उनले बताए ।

देशलाई पहाड र तराईका नाममा ध्रवीकरणमा लैजाने नभई हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्ने आफ्नो प्रयत्न रहेको उनको भनाइ थियो ।

‘राष्ट्रिय एकता कायम गरेर निर्वाचन सफल भए मात्रै हामी सफल हुन्छौं र राष्ट्रिय एकता कायम हुन्छ’, उनले भने ।

Loading...

loading...