ChannelNp Logo

नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच संविधान संशोधन विधेयक संसदमा पेश (भिडियो सहित)

प्रकाशित मिति : Sunday, January 8th, 2017 at 5:53 PM



काठमाडौं, २४ पुस । नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक पेश भएको छ ।

सर्वोच्चका आदेशपछि संसदको आइतबारको बैठक सुचारु भएको थियो । लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो ।

संसद संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरु उठेर विरोध गरे ।

तर, सभामुखले कार्यसूची अगाडि बढाएपछि विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका छन् । विपक्षी सांसदहरुको होहल्लाका बीच सभामुखले संशोधनविरुद्ध परेको प्रेम सुवाल र चित्रबहादुर केसीको विरोधको सूचना अस्वीकृत भएको घोषणा गरिन् ।

लगत्तै कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक टेबल गरेका छन् ।

संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

Loading...

loading...