ChannelNp Logo

नेपालकी छोरी तेरियालाई जिताउन चाहनुहुन्छ ? कृपया देख्ने जतिले सेयर गरौँ भोटिङ जनवरी १४ तारिखदेखि २१ तारिखसम्म (भिडियो सहित)

प्रकाशित मिति : Sunday, January 8th, 2017 at 10:38 PM



पुस ८ काठमाडौं: डीआइडी लिटिल मास्टर्स सेसन ३ की विजेता तेरिया फौजामगर भारतीय टेलिभिजन च्यानहरूबाट प्रसारण हुने डान्स रियालिटी शोहरुमध्ये सर्वाधिक राशीको झलक दिखलाजा सिजन ९ को फाइनलमा पुगेकी छिन् । तेरियाले फाइनलमा डीआइडी सिजन १ एवं झलक दिखला जा कै पूर्वविजेता सलमान युसुफ खान तथा वल्र्ड हिपहप च्याम्पियनसिपकी विजेता शान्तनु महेश्वरीसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नुपर्नेछ । उपाधिको नतिजाका लागि आगामी जनवरी १४ तारिखदेखि २१ तारिखसम्म एसएमएस र अनलाइन भोटिङ खुला गरिदैछ ।

तेरियाले भने आफ्नो विलक्षण प्रतिभामार्फत निर्णायकको मन जित्दै सर्वाधिक अंकसहित उपाधिको दावेदारका रूपमा आफूलाई उभ्याइन्। सेमिफाइनलबाट फाइनलसम्म आइपुग्दा तेरियाले आफूभन्दा सिनियर र नृत्यमा अग्रणी मुम्बईका दुई हस्तीलाई उनीहरूकै भूमिमा पछि पार्दै आफूलाई पहिलो नम्बरमा राख्न सफल भइन् ।निर्णायकहरूले तेरियाको अतुलनीय आत्मविश्वास र विलक्षण नृत्य कलाको मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन् । यो प्रतियोगिताका निर्णायकमा करण जोहर, फराह खान, ज्याकलिन फर्नान्डिज तथा गणेश हेज छन्। त्यतिमात्र होइन, उपाधिका दाबेदार सलमान युसुफ खानले आफ्नो प्रतिस्पर्धी तेरिया मात्र रहेको र आफूलाई उनकै मात्र डर लाग्ने प्रतिक्रिया दिने गरेका छन् ।

‘म आफ्नो खुबीले सकेजति ‘पर्फम’ गर्छु तर जित्नका लागि दर्शकको भोट पनि चाहिन्छ, त्यसैले डीआईडीमा जस्तै धेरै भन्दा धेरै भोट दिएर सपोर्ट गर्न सबैसँग रिक्वेस्ट गर्छु,’ तेरियाले भोटका लागि देश–विदेशमा रहेका नेपालीसँग अनुरोध गर्दै भनिन्– ‘मैले जित्नु भनेको नेपालले जित्नु हो, सबै नेपालीले जित्नु हो, सो प्लिज भोट मी ।’ कलर्स टेलिभिजनमा हरेक शनिबार राति सवा १० बजेपछि ‘झलक दिखला जा’ प्रसारण हुन्छ । आफूलाई मन परेका प्रतियोगीलाई भारतमा मोबाइलमार्फत र विदेशबाट अनलाइनमार्फत भोटिङ गर्न सकिन्छ । तेरियाले बुटवलको बागेश्वरी संगीतालयमा नृत्य सिक्ने क्रममा डीआईडी लिटिल मास्टरमा भाग लिएर ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी थिइन् । १४ वर्षीया तेरिया हाल मुम्बईमै रहेर कक्षा ८ मा अध्ययनरत छिन् ।

हिजोको शोमा उभिएर सलाम ठोक्दै तेरियालाई जजले भनिन: तिमि नै विजयता हौँ ! हेर्नुहोस हिजोको तेरियाको अहिलेसम्मकै बबाल प्रस्तुति । कृपया हेर्ने जतिले आफ्नै छोरी चेली सम्झेर सेयर गरिदिनुहोला अहिले प्रतिस्पर्दा DID भन्दा कडा छ र छोटो समयमै भोटिंङ लाइन पनि बन्द हुन्छ । त्यसैले कृपया दुख नमानी कन भोट गर्नुहोला।

भोटिंङ १४ जनवरी २०१७ को राति १० बजे देखि २१ जनवरीसम्म मात्रै हो। र्थात माघ १ गतेको राति १० बजेदेखि माघ ८ गतेसम्म मात्रै हो । जिताउने जिम्मा तपाइँहरुकै हातमा छ ।

तेरियालई भोट गर्ने तरिका यस्तो छ: भिडियोमा हर्नुहोस

भोट गर्ने तरिका: ????यदि इन्डियामा हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर TER type गरि 56882 पठाउनुहोला र संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ ।

Loading...

loading...