ChannelNp Logo
loading...

हेर्दाहेर्दै एमालेलाई यसरी ‘थाङ्ना’ मा सुतायो माओवादीले !

प्रकाशित मिति : Sunday, January 8th, 2017 at 10:11 PM



काठमाण्डौं, २४ पुस । सरकारले व्यवस्थापिका–संसदमा निकै चलाखीपूर्वक संविधान संशोधन विधेयक पेस गरेको छ ।

एमालेसहित विपक्षीको नाराबाजीबीच कानूनमन्त्री अजयशंकर नायकले उक्त विधेयक संसदमा टेबल गरेका हुन् । लगातारको स्थगनपछि एमालेसहित विपक्षीले आइतबार संसद बैठक चल्न दिएका थिए । निर्वाचन कानून र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा पेस गर्न दिन विपक्षी सहमत भएका थिए । निर्वाचन कानूनसम्बन्धी विधेयक गृहमन्त्री विमलेन्द्र निधिले पेस गर्ने कार्यसूची थियो ।

तर, निधि बैठकमा उपस्थित नभएका कारण सभामुख ओनसरी घर्तीले कानूनमन्त्री नायकलाई ती विधेयक पेस गर्न निर्देशन दिइन् । निर्वाचन कानूनसम्बन्धी विधेयक पेस गरेर नायक तल झरेनन्, रोष्ट्रम पछाडि उभिइरहे । निर्वाचन विधेयक र महाअभियोग प्रस्ताव प्रस्तुत गर्दासम्म उनी तल झरेनन् । सभामुखले संशोधन विधेयक पेश गर्न भनिन् । कानूनमन्त्री नायकले पेस गरे । त्यतिबेला विपक्षीले चर्को नाराबाजी गरेका थिए ।

रमाइलो त के भने कानूनमन्त्रीलाई रोष्ट्रममा जानै नदिने विपक्षीको रणनीति उनी तल नझरेपछि हावा खाएको थियो । विपक्षी नौ दलको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले महाअभियोग प्रस्ताव र निर्वाचन कानूनसम्बन्धी विधेयक पेस गर्न दिने तर संविधान संशोधन विधेयक टेबल गर्न नदिने निर्णय गरेको थियो ।

उक्त रणनीति सत्तापक्षको चलाखीका कारण असफल भएपछि एमाले अब कसरी विधेयक असफल बनाउने भन्ने रणनीतिमा लागेको छ । – काठमाण्डूटुडेबाट ।

loading...
Loading...