ChannelNp Logo
loading...

भारतीय हस्तक्षेप हामीले निम्त्यायौँ, डा भट्टराई भन्छन्– संविधान पुनर्लेखन गरौँ (भिडियो सहित)

प्रकाशित मिति : Tuesday, January 10th, 2017 at 2:42 AM



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आन्तरिक कहलका कारण नेपालमा वैदेशिक हस्तक्षेप बढेको बताएका छन् ।

नेपाल वौद्धिक पेशाकर्मी महासंघले सोमबार काठमाडौंमा गरेको ‘संविधान संशोधन आवश्यकता’ विषयक राष्ट्रिय गोष्ठीमा डा. भट्टराईले संघीताको विषयमा गलत बुझाइ हुँदा राजनीतिक दलहरुबीच बढेको कलहका कारण भारतको हस्तक्षेप बढेको बताएका हुन् ।

‘घरभित्र झगडा भए छिमेकीले चासो दिन्छन्,’ उनले भने, ‘दलहरुको विवादका कारण नेपालमा बाह्य चासो बढेको हो ।

विशेष परिस्थितिमा आधा जनताले अस्वीकार गर्ने संविधान जारी गर्नु परेको भन्दै उनले संघीयताका सम्बन्धमा विभिन्न पक्षसँग गरिएका सम्झौता अनुसार संविधान नरहेको बताए ।

संघीयताको गलत बुझाइ त्याग्दै भएका सहमति र सम्झौता समेट्न संविधान पुनर्लेखन गर्नुपर्ने डा. भट्टराईको भनाइ छ । यद्यपी उनले हाल संविधान पुनर्लेखनको सम्भावना नरहेका कारण तत्काल संविधान परिमार्जन वा संशोधन गुर्नपर्ने बताए ।

loading...
Loading...