ChannelNp Logo

आफु सक्षम नभै काम गर्दा आफैलाई हानी हुन्छ : हर्षित रिजन

प्रकाशित मिति : Tuesday, January 10th, 2017 at 1:57 PM



कलाकारिता गर्छु कलाकार बन्छु भनेर हुने चिज हैन केहीहद सम्म जन्मजात गुण पनि हुनु पर्छ भन्ने मान्यतालाई साकार पार्दै नेपाली रजतपटमा नायक हर्षित रिजन को आगमन भएको छ।

शंकर अधिकारी घायलको निर्देशन रहेको नित्याशिवाको आवाजमा रहेको ‘दोबाटोमा जुध्यो आँखा’ बोलको गीतबाट नेपाली रजतपट मा प्रवेश गरेका हर्षित रिजन अहिले नेपाली रजतपटमै जम्ने तयारीमा लागेकाछन ।

कलाकार भए पछि हरेक कुराको जानकारी हुनु पर्छ, बिषयगत दक्षता नभई गरेको काम सफल हुन्न, आफैलाई हानी हुन्छ भन्ने मान्यता राख्ने हर्षितमा क्यामरा एडिटको ज्ञान् पनि छ। ठुलो पर्दाको चलचित्र तिहारको टिका हालै रिलिज भएको जुनतारा नित्याशिवा र पुस्कर सुनुवारको आवाज सहित थुप्रै म्युजिक भिडियोमा काम गरि सकेका हर्षित अहिले चलचित्रको लागी चाहिने आबश्यक तयारीमा जुटेकाछ्न। राम्रो अबसर पाएको खण्डमा हर्षितबाट केहि आशा गर्न सकिन्छ।

Loading...

loading...