ChannelNp Logo

पूर्व राजा ज्ञानेन्द्रको मनोबल बढ्ने भन्दै पृथ्वी जयन्तीमा बिदा नदिने निस्कर्ष !

प्रकाशित मिति : Tuesday, January 10th, 2017 at 2:28 PM



काठमाण्डौं, २६ पुस । चौतर्फी दबाबका बीच पृथ्वीजयन्तीका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा नदिने करिब पक्काजस्तै छ ।

राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रमुख दलका शीर्ष नेता नै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान गरेका पृथ्वीनारायणको जन्मदिनका अवसरमा बिदा दिनुपर्ने पक्षमा छन् । तर, सरकारले भने त्यसबारे कुनै तयारी गरेको छैन ।

प्रधानमन्त्री कार्यालय उच्च स्रोतले बिदा दिने कुनै तयारी नरहेको जानकारी काठमाण्डु टुडेलाई दियो । ‘बिदा दिनका लागि राजनीतिक सहमति र अन्य कतिपय पक्षको समेत सहमति चाहिन्छ’, स्रोतले काठमाण्डु टुडेसँग भन्यो, ‘त्यसबारे अहिलेसम्म कुनै तयारी छैन ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिदाका लागि सकारात्मक रहेको समेत उनले बताए । तर, गृह मन्त्रालयले बिदाका लागि कुनै प्रस्ताव ल्याएको छैन ।

‘गृहले प्रस्ताव गर्ने हो, अहिलेसम्म त्यबाट प्रस्ताव आएको छैन’, उनले भने । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले पृथ्वीनारायण शाह उनले राज्य एकीकरण गर्नुभन्दा पहिलाको व्यवस्थाको तुलनामा धेरै प्रगतिशील रहेको बताएका छन् । तर, त्यसपछिका शाहवंशीय राजाहरुले पृथ्वी नारायणको नाम भजाएर निरंकुशता थोपरेकाले शाहवंश र राजतन्त्र नै बदनाम भएको तर्क प्रधानमन्त्रीको छ ।

राजावादीको मनोबल बढ्छ

स्रोतका अनुसार माओवादी केन्द्रका नेताहरु नै बिदाको पक्षमा छैनन् । ‘इतिहासिका निर्माता जनता होइनन’, माओवादी केन्द्रका एक नेताले भने, ‘राष्ट्र निर्माणको जस कुनै एक अमुक व्यक्ति वा वंशलाई होइन, युग र जनतालाई दिनुपर्छ ।’ ची नेताले पूर्वराजा ज्ञानेन्द्र शक्तिमा फर्कने प्रयासमा सल्बलाउनु र ज्ञानेन्द्र ल्याउनुपर्छ भन्नेहरुले नै बिदाको विषयलाई जोडतोडका साथ उठाउनुलाई संयोग मात्र मान्न नसकिने बताए ।

‘बिदा दिनु वा नदिनु कुनै ठूलो कुरा होइन, तर त्यसको भित्री अन्तर्यमा जाने हो भने बिदा दिएपछि राजावादीको मनोबल बढ्ने देखिन्छ’, उनले भने । राजा ल्याउनुपर्छ भनेर लागेका शक्तिले बिदा दिइएको विषयलाई लिएर मुलुकमा नाम मात्रैको भए पनि राजा चाहिन्छ भन्न थाल्ने उनको तर्क छ ।

राप्रपा र त्यसमा पनि कमल थापा समूह जसरी पनि बिदा दिनुपर्ने पक्षमा छ । उसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका नेतालाई भेटेर पृथ्वी जयन्ती मनाउन र बिदा दिन दबाब दिँदै आएको छ ।

गृह भन्छ, अहिलेसम्म तयारी छैन

गृहमन्त्रालयले अहिलेसम्म बिदाको तयारी गरेको छैन । सार्वजनिक बिदासम्बन्धी प्रस्ताव गृहले मन्त्रिपरिषद बैठकमा लाने प्रचलन छ । स्रोतका अनुसार गृहमन्त्री विमलेन्द्र निधि बिदा दिने पक्षमा छैनन् । निधिका प्रेस सल्लाहकार रामजी दाहालले बिदाका लागि लविङ भइरहे पनि ठोस तयारी नरहेको बताउँछन् ।

‘राप्रपाका नेताहरु बिदाका लागि लविङमा हुनुहुन्छ भन्ने जानकारी गृहलाई पनि छ’, दाहालले भने, ‘तर ठोस रुपमा प्रस्ताव तयार भएको छैन । उनले पनि बिदाको सम्भावना कमै रहेको बताए ।

Loading...

loading...