ChannelNp Logo
loading...

संघीयता लागू भएमा नेपाल भारतमा गाभिने चित्रबहादुरको चेतावनी

प्रकाशित मिति : Tuesday, January 10th, 2017 at 5:27 PM



भक्तपुर, पुस २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र देशमध्ये एउटामात्रै रहने दाबी गरेका छन् ।

रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा गरेको कार्यक्रममा उनले संघीयता लागू भएमा नेपाल भारतमा गाभिने चेतावनी दिए ।

उनले पहाड र तराईलाई टुक्र्याउने गरी प्रदेशको सीमांकन गर्ने प्रस्ताव अघि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर गल्ती गरेको आरोप पनि लगाए ।

संविधान कार्यान्वनय गर्नुपर्नेमा सत्ताधारी दलहरुले भारतीय स्वार्थ र योजनाअनुसार संशोधन प्रस्ताव ल्याएको उनको भनाइ थियो ।

loading...
Loading...