ChannelNp Logo

सिरहाबाट विप्लव माओवादीको गर्जन : ‘खाँचो परे लड्नेछौं बन्दुक बोकेर…’ (फोटो फिचर)

प्रकाशित मिति : Tuesday, January 10th, 2017 at 6:27 PM



सिरहा, २६ पुस । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का नेता चित्रबहादुर आलेले संसदीय व्यवस्था अन्त्य गर्न आफूहरु जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताएका छन् ।

सिरहाको लहानमा आयोजित उक्त पार्टीको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था मिलेर शोषण गर्ने र मिलिजुली खाने भएको बताए । उनले प्रचण्डले संसदीय व्यवस्था अन्त्य गर्नकै लागी १० बर्षे जनयुद्ध लडेपनि अन्ततः टाउँकोको मूल्य तोक्नेसँगै मिलेर सत्तामा बसेको आरोप लगाए ।

सत्तामा पुग्न प्रचण्डले पहिले एमाले अध्यक्ष ओलीसँग मिलेको र अहिले जनयुद्धका बेला टाउँकोको मुल्य तोक्ने काँग्रेस नेता शेरबहादुर देउवासँग मिलेर सत्तामा बसेको बताउँदै उनले भने, ‘प्रचण्ड दलाल भएको पुष्टि भइसक्यो ।’ उनले सबै कम्यूनिष्ट दलाल नभएको बताउँदै सच्चा र देशभक्त बामबन्थी आफूहरु भएको दावी गरे ।

उनले संविधान संशोधनको विरुद्धमा रहेका एमाले अध्यक्ष केपी ओली लगायतका केही नेताहरु सत्ताको बार्गेनिङमा लागेको आरोप पनि लगाए । काँग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दलहरु समेत सत्ताको भोको भएको उनको भनाई थियो ।

नेता आलेले फाल्गुन १ गते जनयुद्धको उद्गम स्थल रोल्पाको थवाङमा डेढ लाख जनता उतार्ने घोषणा समेत गरेका छन् । उनले युद्ध स्थलबाटै सरकारलाई संसदीय व्यवस्था अन्त्य गर्न र भ्रष्ट तथा दक्षिणपन्थीहरुलाई देशलाई विगार्ने चलखेल बन्द गर्न चेतावनी दिने पनि बताए ।

कार्यक्रममा उक्त पार्टी समर्थित सामना साँस्कृतिक टोलीका भाईबहिनीहरुले जनयुद्धकै शैलीमा खुकुरी बोकेर ‘लेफ्ट राइटको तालमा खुकुरी भिरेर, खाँचो परे भिड्ने छौं बन्दुक बोकेर…’ लगायत बोलको क्रान्तिकारी नृत्य प्रस्तुत गरेका थिए ।

– तस्वीर :: दैनिकनेपाल ।

Loading...

loading...