ChannelNp Logo
loading...

भारतलाई केपी ओलीको चेतावनी : ‘एमाले रहुञ्जेल नेपाल टुक्रिन दिन्नौं’

प्रकाशित मिति : Tuesday, January 10th, 2017 at 6:49 PM



झापा, २६ पुस– एमाले अध्यक्ष केपी ओलीले रहुञ्जेल कसैले नेपाल टुक्रिन नदिने बताएका छन् ।

गृह जिल्ला झापामा मंगलबार आयोजित एका कार्यक्रममा ओलीले कुनै हालतमा मुलुक खण्डित हुन नदिने बताएका हुन् । ओलीले सत्ता पक्ष नै जात, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई बिखण्डन गराउने खेलमा लागेको आरोप लगाए ।

‘राष्ट्रिय अखण्डता कमजोर पार्न विभिन्न पक्ष सक्रिय छन्’, ओलीले भने, ‘एमाले रहुञ्जेल मुलुकको अखण्डतामा आँच आउन दिइनेछैन ।’

ओलीले मुलुकमा स्थायित्व र विकासमा लागि संविधान कार्यान्वयनको विकल्प नभएकामा जोड दिए । भारतको नाम उल्लेख नगरी उनले छिमेकीले नेपाल र नेपालीलाई दुःख दिएको बताए । उनले संविधान कार्यान्वयनका लागि तत्काल निर्माचन मिति घोषणा गर्न सरकारसँग माग गरे ।

loading...
Loading...