ChannelNp Logo
loading...

सुनतस्करीमा बामदेब गौतमको संलग्नता? बिमानस्थलमा प्रहरीले समातेको ३४ केजी सुन गौतमको हुनसक्ने!

प्रकाशित मिति : Tuesday, January 10th, 2017 at 11:10 PM



पुष २६, काठमाडौ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैद्य रुपमा मित्रिएको १४ करोड रुपैयाँ मूल्य पर्ने ३४ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेपछि धेरै रहस्यहरु एक पछि अर्को गरी खुल्न थालेका छन ।

पुर्ब गृहमन्त्री बामदेब गौतम कै सेटिङमा पहिले देखी नै अवैध रुपमा सुन आयत हुने गरकेो बिभिन्न अनलाइन मिडियाहरुले बताएका छन । ३४ किलो सुन सहित पक्राउ परेका गोपाल शाहीले केही महिना यता ३ सय किलो सुन नेपालमा विमानस्थलबाटै ल्याएको बयान दिएपछि उक्त सुन तस्करीमा पूर्व गृहमन्त्री मन्त्रीको नाम फेरी पनि जोडिएको हो । मजदूर अनलाईनले छापेको छ ।

अवैध सुन ल्याउने को को हुन भन्ने कुरा सरकारले भन्सारका कर्मचारीलाइ कडा कारवाही गर्ने हो भने यसको रहस्य खुल्नेछ । पुर्ब सरकारका माथिल्लो तहका सबैलाई सुन तस्करबारे थाहा छ । तर सुनतस्करीको जालो एमाले पार्टी निकटका कर्मचारीसँग जोडिएकाले भरिया शाही पक्राउ परे पनि सुनका वास्तविका मालिक गुमनाम छन् ।

मुख्यत भन्सार कर्मचारीकै मिलेमतोमा विमानस्थलबाट अवैध रुपमा सुन आइरहेको कुरामा दुईमत छैन । स्रोतका अनुसार विमानस्थल भन्सारमा सुन तस्करीको सेटिङ मिलाउकनकै एमाले निकट भन्सारका कर्मचारीले सेटिङ मिलाउदै पुर्ब गृहमन्त्री बामदेब गौतमको निर्देशनमा विभिन्न सुरक्षा निकायका प्रमुख सँग गोप्य सेटिङ बिगत लामो सनय देखि मिलाउदै आएको स्रोतको दाबी छ ।

कर्मचारीतन्त्रमा राजनीति हाबी भए सङ्गै पार्टीका झण्डा ओड्ने कर्मचारीलाई एयरपोर्ट जस्तो संबेदनसिल छेत्रमा नियुक्ति दिएकै कारण उनिहरुकै डिजाइनमा सुन तस्करी गर्नकै लागि सापकोटालाई एयरपोर्ट पठाइएको बताइएको छ । गोपाल शाहीले ३ सय किलो सुन भित्र्याएको बयान दिए पनि बामदेब गौतम गृहमन्त्री भएको बेला सुरक्षा निकायका सबै छेत्रमा सेटिङ मिलाउदै त्यो भन्दा ठूलो परिमाणमा सुन आएको स्रोतकाे दाबी छ ।

सीआइबीले भन्सारबाट पार भइसकेपछि सुन बरामद गरेको घटनाले पनि छानबिनका क्रममा पुर्ब गृहमन्त्री गौतम तानिएका हुन । माथिल्लो सेटिङ बिना एक जना भन्सार प्रमुखले मात्रै यति ठूलो परिमाणको सुन तस्करी गर्ने आँट गर्दैनन् । यस घटनापछि अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सारका २९ कर्मचारीलाइ जिम्मेवारीबाट अलग गरिएको छ । तर सीआइबीका अधिकारी भन्छन् अवैध सुन आयातमा मुख्य दोषी भन्सारका कर्मचारीलाइ भ्रष्टाचार र संगठीत अपराधमै कारवाही गर्नुपर्छ अनिमात्र यस्ता क्रियाकलाप नियन्त्रण हुनसक्छ । संगठीत अपराध पुष्टि भएका १५ वर्षसम्म कैद हुनसक्छ ।

एयरपोर्ट भन्सारमा लामो समयदेखि रेडियो टेक्निसियन विन्दुकाजी महर्जन, तथ्यांक अधिकृत श्रीनारायण यदव र प्रमुख भन्सार अधिकृत टंक पौडेलले नै सुन तस्करीमा सेटिङ गर्दे आएको खुलेको छ उनिहरु एमाले पार्टी निकट रहेको स्रोतले बतायको छ भने विभिन्न समयमा हुने सेटिङ र घोटाला मा सङल्ग्न रहेका गौतम यशपाली पनि तानिने भए पछि विभिन्न अन्लाईन मार्फत पुर्ब अर्थमन्त्री कृष्ण बहादुर महरालाई जोडेर बद्नाम गर्न खोजिएको छ भने अर्थ मन्त्रालयले पुष्टि नभएको समाचार प्रकासन गर्न मिडियालाई तत्काल कारबाही गर्न जनाएको छ ।

तथापी कर्मचारी तन्त्रमा एमाले निकटको पकड भएकोले सुन तस्करीमा एमाले नेताहरुको संलग्नता नहोला भन्न भने सकिन्न ।-त्रिशुलीखबरबाट

loading...
Loading...