ChannelNp Logo
loading...

पूर्वराजा ज्ञानेन्द्रलाई देशको माया छ : केपी ओली

प्रकाशित मिति : Wednesday, January 11th, 2017 at 5:12 PM



झापा, २७ पुस– एमाले अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहमा पनि मुलुकप्रति मायाको भावना रहेको बताएका छन् ।

प्रेस चौतारी नेपालेल झापाको दमकमा बुधबार गरेको पत्रकार सम्मेलनमा ओलीले त्यस्तो बताएका हुन् ।

ज्ञानेन्द्रले पछिल्लो समय दिइरहेका अभिव्यक्ति एक नागरिकतको विचार भएको टिप्पणी उनको थियो । ओलीले ज्ञानेन्द्रको मंगलबारको वक्तव्यलाई राजकीय नभई नागरिककको हैसियतबाट आएको दाबी गरे ।

‘ज्ञानेन्द्र शाह एक नागरिक हुनुहुन्छ’, ओलीले भने, ‘उहाँले राजकीय हैसियतमा नभई नागरिकका रुपमा विचार राख्नुभएको हो ।’

उनले ज्ञानेन्द्रको विज्ञप्तिमा देशप्रतिको माया प्रक्ट भएको दाबी गरे ।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा मंगलबार विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रले आफूले नारायणहिटी दरबार छाडेको तर, मुलुकप्रतिको जिम्मेवारी नछाडेको बताएका थिए ।

loading...
Loading...