ChannelNp Logo
loading...

पृथ्वी जयन्तीमा झडप – भिडियो हेर्नुहोस्

प्रकाशित मिति : Wednesday, January 11th, 2017 at 5:30 PM



नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीका अवसरमा राजधानीको सिंहदरवार अगाडि रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ ।

माल्यार्पण कार्यक्रममा पुराना राजावादीहरु, पृथ्वी नारायण शाहका अनुयायीलगायतको सहभागिता थियो ।

त्यस क्रममा राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतमा सिंहदबार अगाडिको सडक पेटीमा नाचगान गरिएको थियो । कार्यक्रममा सहभागीहरुले संघीयताका नाममा हिमाल, पहाड तथा तराई टुक्र्याउन नहुने भन्दै नाराबाजी गरेका थिए ।

सो अवसरमा २९५ औँ राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दू राष्ट्र जागरण अभियान नेपाल, संयुक्त सुशासनका लागि युवा सङ्गठन नेपाल, शाही युवा शक्ति, गोर्खाली तक्मा नेपाललगायत विभिन्न सङ्घसंस्थाको उपस्थिति थियो ।
===
पृथ्वी जयन्तीमा झडप – भिडियो हेर्नुहोस्

loading...
Loading...