ChannelNp Logo

के बैशाख भित्र स्थानिय तहको निर्वाचन सम्भब छ ? त्यसका लागि चुनौतीहरु के के छन ? – पूर्बप्रमुख निर्वाचन आयुक्त भोजराजका साथ टफटक बहस

प्रकाशित मिति : Wednesday, January 11th, 2017 at 11:23 PM



अबको एक बर्ष भित्र तीन वटा निर्वाचन गर्नैपर्ने संबैधानिक बाध्यता छ । २०७४ माध ७ गते भित्र स्थानिय, प्रदेश र केन्द्रिय संसदको निर्वाचन गर्न नसक्दा सम्बिधान कार्यन्वयन र मुलुकमै आउन सक्ने संकटबारे निर्णायक भूमीकामा बस्ने दल तथा नेताहरुमा खासै चिन्ता देखिदैन । नेताहरुको बानि र ब्यबहारले तोकिएको समयमै ३ वटै निर्बाचन हुन सक्ने अबस्था छैन । स्थानिय निर्वाचनका लागि आवश्यक कानून छलफलकै क्रममा छ । थ्रेसहोल्डको बिबादले गर्दा एकिकृत बिधेयकहरु पनि त्यतिकै थन्किएको छ । दलहरु अझै निर्बाचन बारे अन्योलमै छन । प्रधानमन्त्री बैशाख भित्रै नयाँ संरचनामा निर्वाचन गराउने भनेर भाषण गर्दै हिडिरहेका छन । के बैशाख भित्र स्थानिय तहको निर्वाचन सम्भब छ ? त्यसका लागि चुनौतीहरु के के छन ? निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनका लागि के के कुरामा ध्यान पुर्याउनु पर्छ ? यिनै प्रस्नको जबाफ खोज्न हेर्नुहोस पूर्बप्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेलका साथ आजको बिशेष बहस टफटक

Loading...

loading...