ChannelNp Logo

संविधान संशोधनविरुद्ध कपिलवस्तुमा प्रदर्शन, विद्येयक पारित हुँदैन्: नेता महासेठ

प्रकाशित मिति : Wednesday, January 11th, 2017 at 11:55 PM



कपिलवस्तु, २७ पुस । नेपाली जनताको मर्म र भावना विपरित आएको संविधान संसोधन विद्येयक कुनै पनि हालतमा पारित हुन नदिने लोकतान्त्रीक मधेशी संगठनका केन्द्रिय अध्यक्ष रघुविर महासेठले बताउनुभएको छ ।

प्रदेश नम्वर ५ का पहाडी जिल्लालाइ अलग गराएको विरोधमा विगत २ महिनादेखी चरणबद्ध आन्दोलन गदैं आएका एमाले, कांग्रेस, माले, राष्टिय जनमोर्चा लगायत ९ दलसम्वद्ध संघर्ष समितिद्धारा आज सदरमुकाम तौलीहवामा आयोजित विशाल जनसभामा बोल्दै उहांले यस्तो बताउनुभएको हो ।

एमालेका युवा नेता समेत रहेका महासेठले सदियौ देखी पहाडी मधेशी मिलेर सामाजिक सद्भाव एकता साथ अगाडी बढेका बेला ५ नम्वर प्रदेश टुक्राएर विदेशीका इशारामा सामाजिक एकता कमजोर गराउनु भन्दा प्रदेश नम्वर २ मा पनि उदयपुर, सिन्धुली, मकवानपुर थपेर पहाडमधेशमा थप सद्भाव कायम गरी अगाडी बढ्नु सवैका लागी हित हुने बताउंदै एमाले लगायतका ९ दलले कुनै पनि हालतमा संविधान संसोधन प्रस्ताव पारित हुन नदिने दावी गर्नुभएको छ ।

विरोध सभामा बक्ताहरुले सर्वोच्च अदालतको फैसलालाइ आफु अनुकुन व्याख्या गरेर बर्तमान प्रचण्ड सरकारले संविधानको खिल्ली उडाएको आरोप लगाउंदै तत्काल संविधान संशोधन प्रस्ताव थाति राखेर राष्टलाइ मुठभेड बाट निकाश दिन ३ तहको निर्वाचन हुनु पर्ने माग गरेका थिए । कार्यक्रमा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्राइ, नेकमा मालेका पोलीटव्युरो सदस्य गंगा चौधरी, राष्टिय जनमोर्चाका शन्त बहादुर नेपाली, शान्तीदेवी चमार लगायतले बोल्नु भएको थियो ।

सभा अगाडी राष्टिय झन्डा लिएर सदरमुकाम तौलीहवामा जम्मा भएका संघर्ष समिति सम्वद्ध सयौ कार्यकर्ताले प्रशासन चोक, आन्दोलन चोक, गौढी चोकमा विभिन्न नारावाजी लगाउंदै स्थानीय रत्नराज्य उच्च माविको हातामा सभा सम्पन्न भएको थियो । दैनिक नेपालबाट

Loading...
loading...