ChannelNp Logo

रिहा भए लगतै रबि लामिछानेको पहिलो लाइभ -छाती चौडा राख्नेछु, शिर झुक्न दिने छैन

प्रकाशित मिति : Monday, August 26th, 2019 at 10:40 PM



काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछानि रिहा भएसँगै आफ्नो रि*हाईका लागि आवाज उठाउने सम्पूर्णमा आ*भार प्रकट गरेका छन् ।उनले पत्नी निकिता पौडेलको फेसबुकबाट लाइभ गर्दै सम्पूर्ण सहयोगी हातप्रति हृ*दयदेखि धन्यवाद प्रकट गरेका हुन् ।उनले अदालतबाट रि*हाई हुने वित्तिकै चितवनमा जम्मा भएका सम्पूर्ण समर्थकहरुसँग आजै माया तथा सद्भाव साँटासाँट गर्ने योजना भए पनि भीड सम्हाल्न नसिकेन अवस्थाका कारण सम्बोधन गर्न असमर्थ भएकोमा क्षमा मागेका छन् ।

उनले भेन, ‘ हामी तीनै जनाको रिहाइका लागि गर्नु भएको माया र सद्भावको कदर गर्नेछु, यति धेरै शुभचिन्तक हुँनुहुँदो रहेका छ । अझ बढी जिम्मेवारी भएको छु ।’उनले सम्मानित अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै अदालतलाई पूर्ण सहयोग रहने बताएका छन् । उनले आफू धरौटीमा रिहा भएको जानकारी दिए । कानूनी प्रावधानमा पूर्ण सहयोग हुने वाचा गरे । केही चित्त नबुझेका कुरामा कानूनीबाटोबाट उपचारको खोजी गर्ने समेत बताएका छन् ।अदालतको आदेशलाई मनन् गर्दै उनले यस घटनासँग सम्बन्धित कुनै पनि कुरा कार्यक्रममा प्रशारण नगर्ने बताएका छन् । उनले भने, ‘सम्मानित अदालतको सम्मान गर्ने छु । प्रभाव पार्ने छैनौं ।’

उनले भने, ‘अहोरात्र न्यायका लागि आवज उठाउने सम्पूर्णमा अन्तर्मनबाट धन्यवाद दिन चाहान्छु । यो गुन कहिल्यै विर्सन सक्दिन । यो मुस्किलको घडीमा दिनुभएको साथले छाती चौडा राख्नेछु, शिर झुक्न दिने छैन ।’उनले कानूनी प्रक्रिायहरु पालना गर्नैपर्छ, हामीले पालना गरेका छौं । उनले चितवनमा जम्मा भएका सवै समर्थकलाई मन्चबाट हेर्ने र सम्बोधन गर्ने कार्यक्रम आज सम्भव भएन भोलि पक्कै हुने बताएका छन् ।चितवनमा आउनुभएको सम्पूर्ण शुभचिन्तकहरुसँगै माया सद्भाव साँटेरमात्र काठमाडौं फर्किने बाँचा समेत गरेका छन् । उनले सवैप्रति अन्तर्मनदेखि धन्यवाद दिँदै सत्यको लागि कहिल्यै नडग्मगाउने बताएका छन् ।