अब यसरी उपल्लो मुस्ताङसम्म बाह्रै महीना सवारीसाधन चल्ने


मुस्तॉंग । हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको लोमान्थाङसम्म अब बाह्रै महीना नियमित यातायातका साधन चल्ने भएको छ ।उपल्लो मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सम्पन्न भई सोमबारदेखि सञ्चालनमा आएपछि काठमाडौँ, पोखरा, बेनीलगायतका ठाउँबाट बाह्रै महीना सिधै लोमान्थाङ पुग्न सकिने भएको हो ।निर्माणाधीन पुललाई गत साउनमा कालीगण्डकीमा आएको बाढीले क्ष*ति पुर्याएपछि निर्माण अवधि लम्बिएको हो ।

पुलको संरचना निर्माण भएपछि तीन वटा डोजर परिचालन गरी १२ दिनमा पुलको दुईतर्फी ट्याक खोलिएको करिडोर सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।उपल्लो मुस्ताङ जोड्ने कालीगण्डकी पुल सञ्चालनमा आएपछि कोरला नाका र उपल्लो मुस्ताङ जाने सवारीसाधनलाई स*हज भएको यातायात व्यवसायीले बताएका छन् । पक्की पुल बनेकाले अब बाह्रै महीना नि*र्वाध सवारीसाधन उपल्लो मुस्ताङ जानसक्ने मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले बताए ।

अध्यक्ष तुलाचनका अनुसार मुस्ताङ गेटको पुल र लुप्रापान्डा खोला पुल सञ्चालनमा आए पनि कागबेनीमा निर्माणाधीन २५ मिटर लामो पुल निर्माणमा भने ढिलाइ भएको छ । मुस्ताङ गेटमा सञ्चालनमा आएको पक्की पुलको काम लोकल रोड ब्रिज प्रोग्राम एलआरबिपिले २०७१ सालमा शुरु गरेको हो । रु चार करोड ७३ लाख लागत रहेको उक्त पुलको लम्बाइ ७६ मिटर छ ।रासस

प्रतिक्रिया दिनुहोस
जनताको असली नेता गोकर्ण बिष्ट, सलुट छ गोकर्ण सर !

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बाग्लुङ्गको निसिखोला जाँदै गरेको जीप दुर्घटना

घरघरमै पुगेर सामाजिक सूरक्षा भत्ता बितरण

धनकुटा । अहिले आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिकको सामाजिक सूरक्षा भत्ता वाँड्ने

बिमानस्थलमामा नेपालले राखेको तस्विर देखेर लोभीए चिनियाँ विदेशमन्त्री वाङ यी !

काठमाडौ । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा

कृष्ण ओलीले राखे दुवै हात र खुट्टा, कृ*तिम हातले लेखे पहिलो अक्षर (भिडियो सहित)

काठमाडौं: २०१९को जनवरी १ अघिप्राय आफ्नै गाउँघरमा बाहेक अरुले बिरलै चिन्ने नाम थियो