चिनजान र भनसुनको परिपाटीबाट हामी कहिले बाहिर निस्कने ? यहाँ मान्छे कि त चिन्नु प¥यो, कि त किन्नु पर्यो तर कोही न कोही नभई हुदैन !


काठमाडौं: चिनजान र भनसुनको परिपाटीबाट हामी बाहिर निस्कन सकिरहेका छैनौँ। सत्य,तथ्य, कानून सम्वत, इमान्दारी, बफादारी जस्ता गुण भएर मात्रै हाम्रो समाजमा सजिलै जिउन सकिन्न। चिनजान र भनसुन बिना सही होस् या गलत होस् काम चल्दैन भन्ने मान्यताबाट हामी मुक्त छँदै छैनौँ । सवारी लाइसेन्स बनाउनु प¥योभने सबैभन्दा पहिला के गर्नु पर्ला ?

सायद सवारी सम्बन्धी पढ्नु पर्ला, प्राक्टिस गर्नुपर्ला, कुनै इन्सिच्यिुटमा क्लास लिनुपर्ला । हुनु पर्ने चाही यस्तो हो, तर हुन्छ अर्कै । लाइसेन्स लिनु प¥योभने सबै भन्दा पहिला यातायात कार्यालय तिर चिनेको मान्छे को छ ? त्यो सोचिन्छ, कोही छैन भने यसो दुई चार हजार खुवाएर निकाल्न मिल्छ कि भन्ने विकल्प सोचिन्छ । सीधा पढेर वा ट्रायल दिएर सवारी लाइसेन्स पाइन्छ भन्नेमा त विस्वास नै छैन ।

अर्को पाटो फेरी, ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरी सवारी चलाउनेलाई समाउँछ, जरिवाना तिराउछ, क्लास लिन्छ र पठाउछ। तर मानिसलाई यहाँ पनि भनसुन नै चाहिएको छ । ए बा बा, पहिलो कुरा मापसे गरेर सवारी नै नचलाउने। यदि समातिए जरि वाना तिर्ने, क्लास लिने फर्किने । यसमा ट्राफिकमा को चिनेको छ भनेर १० तिर फोन घुमाउनै पर्दैन ।

मतलब, भनसुन चल्छ भन्नेमा मात्र विस्वास छ, सिस्टमले काम गर्छ भन्नेमा विस्वास नै छैन् । मालपोत मै हेरौं, किन्ने पैसा बोकेर तयार छ, बेच्ने पैसा लिन तयार छ । राजस्व, कर लिन काउन्टर छ । विधि प्रक्रिया भेरिफिकेशन सकिए पछि बेच्नेले किन्नेलाई पास गरिदिने हो । यसमा कसले कसलाई किन चिन्नु पर्यो ? एउटा चिनेको मान्छे नभए त कामै हुदैन भन्नेमा विस्वास छ र चिनेको मान्छे बिना सजिलै र छिटै काम हुँदा पनि हुँदैन ।

कर तिर्न जानुप¥यो भने पनि उस्तै हाल छ । चिनेको मान्छे भए अनेक जुक्ति लगाई कम कर तिर्न पनि मिल्छ, कम्पनी दर्ता गर्नुप¥यो भने पनि एउटा चिनेको मान्छे नभई हुँन्न। फेरि कोही–कोही मान्छे त अल राउण्डर हुन्छन् । जहाँ जे परे पनि उसले नचिनेको मान्छे हुन्न । केटी छिनदेखि बसको टिकट किन्न समेत मान्छे चिन्नै पर्ने हालतमा छौं हामी । हाम्रो फोनको कन्ट्याक्ट लिष्ट सायद अरु देशका मान्छेको भन्दा निकै लामो हुन्छ होला ।

विदेश पठाउँदा कुरा मिलाइदिन चिनेको मान्छे, अस्पताल भर्न गर्नपरे बेड मिलाई दिन चिनेको मान्छे, कुण्डली, साइत, वास्तु हेर्न चिनेको मान्छे, मालपोत, जागिर, प्रोमोशन, सरुवा, बढुवा हर क्षेत्रमा मान्छे नचिनी नहुने भएपछि फोनको कन्ट्याकट लिष्टमा हामी नेपालीहरुलाई उछिन्न अरु मुलुककालाई गाह्रै पर्छ । हो, आम सर्वसाधारणलाई समस्या नै यही हो । मान्छे चिने सिंहदरबारबाट भित्र छिर्न पाइन्छ, नचिने पाइन्न ।

विषय हेरेर खुल्नुपर्ने सिंहदरबारको गेट मान्छे हेरेर र भनसुनमा मात्र खुल्छ । यो २१ औं सताब्दीमा यस्तो भेदभावले आम मानिसलाई कस्तो अन्याय भइरहेको होला। पहुँचको भरमा, चिनजानको भरमा काम हुने, नहुने भएपछि जनतालाई पञ्चायत के गणतन्त्रमा के ? यो विभेद नहटेसम्म न्याय मिल्दैन । राज्य सिस्टममा चल्नुपर्छ जहाँ अर्मानीको सुट लगाउने र १० ठाउँ टालेको कट्टु लगाउनेबीच कुनै फरक हुनुहुन्न ।

सुट लगाएको बुढो मान्छे चाही अंकल अनि धोती लगाएको त्यो भन्दा बुढो मानिस चाही भैया? चिनजान, भनसुन, पहिरनका आधारमा हुने विभेद नहटेसम्म परिवर्तनले कुनै माने राख्दैन । हरेक मानिसको काउन्ट हुने त्यही एक भोट नै हो । किन चिन्नु पर्यो मान्छे ? एउटा मुद्दा मात्र पर्नुपर्छ न्यायाधीश चिनेको छु वा न्यायाधीश नचिनी हुन्न भन्नेको लाइन लाग्छ । यो पिरबाट आम नगरिक वाक्क भएका छन् ।

श्याम पर्देशीकै उदाहरण दिउँ । २० गाउँका पीडित गाउँलेहरुले सजिलै न्याय पाएनन्, सञ्चार माध्ययमले मात्र पनि सकेनन्, कुनै चिनजान भएको मान्छेले ठूला नेता भेटाईदिनुप¥यो । दुई बर्ष धाएपछि शीर्ष नेता भेटिए, त्यसपछि श्याम पर्देशी समातिए । अब भन्नु होस्, अन्यायमा पर्दा पनि मान्छे चिन्नु पर्ने भएपछि त्यो नियमको के काम ?

कानूनको के काम ? सही हुनुहुन्छ, सत्य हुनुहुन्छ, नियम मान्नु हुन्छ, कानूनको पालना गर्नु हुन्छ, अन्याय गर्नुहुन्न, गैरकानूनी काम गर्नुहुन्न, कर तिर्नुहुन्छ, अपराध गर्नुहुन्न, अनु साशित हुनु हुन्छ, सब ठीक छ तै पनि मान्छे चिन्नु भएको छैन भने तपाईको जीवन कुनै हालतमा सजिलो हुदैन । यी साह्रा गुणले पनि तपाईलाई मान्छे नचिनेसम्म बचाउन सक्दैन । यहाँ मान्छे कि त चिन्नु प¥यो, कि त किन्नु पर्यो । तर कोही न कोही नभई हुदैन ।

प्रतिक्रिया दिनुहोस
जनताको असली नेता गोकर्ण बिष्ट, सलुट छ गोकर्ण सर !

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बाग्लुङ्गको निसिखोला जाँदै गरेको जीप दुर्घटना

घरघरमै पुगेर सामाजिक सूरक्षा भत्ता बितरण

धनकुटा । अहिले आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिकको सामाजिक सूरक्षा भत्ता वाँड्ने

बिमानस्थलमामा नेपालले राखेको तस्विर देखेर लोभीए चिनियाँ विदेशमन्त्री वाङ यी !

काठमाडौ । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा

कृष्ण ओलीले राखे दुवै हात र खुट्टा, कृ*तिम हातले लेखे पहिलो अक्षर (भिडियो सहित)

काठमाडौं: २०१९को जनवरी १ अघिप्राय आफ्नै गाउँघरमा बाहेक अरुले बिरलै चिन्ने नाम थियो