महामारीको रुपमा फैलिँदै डेंगु, वैशाखयता मात्रै ७० हजार प्रभावित


काठमाडौं, भदौ २२ । पछिल्लो सयम प्रकोपको रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता करिब ७ हजार छन्।

यो खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

निजी अस्पतालमा जँचाएका र अस्पताल नआएपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आकलन छ।

ईडीसीडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म ३ हजार ४ सय २५ जना र साउनयता ३ हजार पाँच सय ८० जना उपचार गराउन अस्पताल पुगेका छन्।

सरकारी तथ्यांकअनुसार हालसम्म ४८ जिल्लामा डेंगु देखिएको छ।

रोगले चार जनाको मृ’त्यु भएको पुष्टी भइसकेको छ भने थप दुई जनाको मृ’त्यु डेंगुले भएको हो /होइन प्रमाणिकरणको प्रक्रियामा छ।

डेंगुबाट चितवनमा मात्रै एक हजार बढी प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस
कमाएर मात्र हैन वचत गरेर धनी बनिन्छ, पढ्नुहोस् वचत गर्ने उपाय

काठमान्डौ । सबै मानिसको सोच श*क्तिशाली बन्ने हुन्छ । तर विभिन्न कारणले उनीहरु

जसले गुमाए खुट्टा, गुमाएनन् हिम्मत, गर्छन् साइकलमा सयर

काठमाडौ । पर्वतको सामान्य परिवारमा जन्मिए, यमलाल रसाइली । एकदिन घरकै आँगनमा खेल्दा