एकै दिन २७४ मोटरसाइकल प्रहरी नि यन्त्रणमा


लहान । ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ । होलीपर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय मिर्चैया, इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका सबै सवारी साधनलाई जरिवाना तिराएर छाडिने प्रहरीको भनाइ छ ।

यस्तै होलीमा विभिन्न विषयलाई लिएर मादक पदार्थ झैझगडा गर्ने, जबर्जस्ती रङ दल्ने, महिलामाथि दुर्व्यवहार गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस
पाथिभरा माताले सबैको कल्याण गरुँन ! – हेर्नुस् चैत्र १ गतेको राशिफल

आज श्री शाके १९४१ बि.स.२०७६ साल चैत्र १ गते शनिबार इश्वी सन २०२०

नेपालमा बजाज पल्सर १२५ को बुकिङ खुल्ला, कति पर्ला मूल्य ?

काठमाडौं । केही महिना अघि भारतीय बजारमा सार्वजनिक भएको बजाज पल्सर १२५ को

प्रधानमन्त्रीको उ पचार ख र्च ५ देखि ६ लाख रुपैयाँ

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीको उपचार खर्च ५ देखि ६ लाख रुपैयाँसम्म लाग्ने

टुटल र पठाओ अब निर्वाध चल्न पाउने, रोक्ने कदमबाट यसरी पछि हट्यो सरकार

काठमाडौं, फागुन ३० । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ