सबै स्थानीय तहमार्फत सरकारकाे निर्देशन- ‘जमघट नगरौं, भोज, उत्सवमा नजाऔँ’


काठमाडौं, ३० फागुन । सरकारले ठूला जमघट हुने सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन आह्वान गरेको छ। संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहमार्फत यस्तो निर्देशन दिएको हो।

निर्देशनमा सिनेमा हल, बसपार्क, पार्टी प्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्टमा स्वास्थ्यकर्मीको टोली खटाई परीक्षण गर्ने व्यवस्था मिलाउन आह्वान गरिएको छ। मन्त्रालयका सहसचिव वसन्त अधिकारीले सबै स्थानीय तहका नाममा जारी पत्रमा सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक आवतजावत नगर्न सूचित गरिएको जानकारी दिए।

‘सरकारी कार्यक्रम त रोकिए तर सार्वसाधारण भीडभाड जाने क्रम रोकिएको छैन,’ उनले अन्नपूर्णसँग भने, ‘मिनिबसमा कोचिने, भोजभतेरमा जाने जस्ता काम जारी नै छन्, यो पनि जोखिमपूर्ण छ। त्यस कारण यस्ता कार्यलाई नियन्त्रण गर्न स्थानीय तहमार्फत आग्रह गरेका हौं।’

भाइरस संक्रमण नियन्त्रणमा नआएसम्म नेपाल प्रवेश गर्ने मुख्य सीमा नाकामा उच्च सतर्कता अपनाई सबै यात्रुको स्वास्थ्य जाँच/स्क्रिनिङ प्रभावकारी पार्नसमेत भनिएको छ।

चीनसँग जोडिएका मुख्य नाका रसुवागढी र तातोपानीमा उच्च सतर्कता अपनाई अन्तरराष्ट्रिय मापदण्डअनुरुप स्वास्थ्य कक्ष स्थापना गरी यात्रुको स्वास्थ्य निगरानी तथा परीक्षण गर्न पनि सरकारले निर्देशन दिएको छ। भारतसँग जोडिएका मुख्य नाकाहरू पशुपतिनगर, काँकरभिट्टा, जोगबनी, जयनगर, रक्सौल, सुनौली, जमुनाहार गड्डाचौकीलगायतमा अन्तरराष्ट्रिय मापदण्डअनुरुप स्वास्थ्य कक्ष स्थापना गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
पाथिभरा माताले सबैको कल्याण गरुँन ! – हेर्नुस् चैत्र १ गतेको राशिफल

आज श्री शाके १९४१ बि.स.२०७६ साल चैत्र १ गते शनिबार इश्वी सन २०२०

नेपालमा बजाज पल्सर १२५ को बुकिङ खुल्ला, कति पर्ला मूल्य ?

काठमाडौं । केही महिना अघि भारतीय बजारमा सार्वजनिक भएको बजाज पल्सर १२५ को

प्रधानमन्त्रीको उ पचार ख र्च ५ देखि ६ लाख रुपैयाँ

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीको उपचार खर्च ५ देखि ६ लाख रुपैयाँसम्म लाग्ने

टुटल र पठाओ अब निर्वाध चल्न पाउने, रोक्ने कदमबाट यसरी पछि हट्यो सरकार

काठमाडौं, फागुन ३० । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ