नेपालमा बजाज पल्सर १२५ को बुकिङ खुल्ला, कति पर्ला मूल्य ?


काठमाडौं । केही महिना अघि भारतीय बजारमा सार्वजनिक भएको बजाज पल्सर १२५ को नेपाली बजारमा बुकिङ खुल्ला भएको छ । अबको केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरेको बजाज पल्सर १२५ को बुकिङ खुल्ला गरेको हो ।बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले नेपालमा नै एसेम्बल गरेको बजाज पल्सर १२५ केही दिन भित्र सार्वजनिक गर्ने जनाएको हो ।

यो मोटरसाइकल खरिद गर्न चाहाने ग्राहकले बजाजको आधिकारिक शोरुममा बुकिङ गर्न सक्नेछन् । यसको मूल्य बारे भने कम्पनीले जानकारी दिएको छैन। यद्यपी यसको मूल्य १५० भन्दा कम हुनेछ । हाम्रो अनुमान अनुसार यसको मूल्य २ लाख २० हजारदेखि २ लाख ३० हजार हारहारीमा पर्नेछ । अहिले नेपाली बजारमा पल्सर ब्रान्ड नेमबाट बिक्री हुँदै आएको १५०, १६०, २००, र २२० सीसी इन्जिन क्षमताका मोटरसाइकल छन् । यी सबै पल्सर र पल्सर एनएस सिरिज नेपालमा नै एसेम्वल भइरहेका छन् ।

यस्तो छ पल्सर १२५ : यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ। नियोन ब्ल्यू, सोलार रेड र प्लाटिनम सिल्भर कलरमा आएको यो बाइक सेग्मेन्ट लिडर हुने दाबी कम्पनीले गरेको छ । यो मोटर साइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ ।

प्रतिक्रिया दिनुहोस
पाथिभरा माताले सबैको कल्याण गरुँन ! – हेर्नुस् चैत्र १ गतेको राशिफल

आज श्री शाके १९४१ बि.स.२०७६ साल चैत्र १ गते शनिबार इश्वी सन २०२०

प्रधानमन्त्रीको उ पचार ख र्च ५ देखि ६ लाख रुपैयाँ

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीको उपचार खर्च ५ देखि ६ लाख रुपैयाँसम्म लाग्ने

टुटल र पठाओ अब निर्वाध चल्न पाउने, रोक्ने कदमबाट यसरी पछि हट्यो सरकार

काठमाडौं, फागुन ३० । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ

सबै स्थानीय तहमार्फत सरकारकाे निर्देशन- ‘जमघट नगरौं, भोज, उत्सवमा नजाऔँ’

काठमाडौं, ३० फागुन । सरकारले ठूला जमघट हुने सामाजिक कार्य भोज, उत्सव एवं