ChannelNp Logo

सुरुमा दिइन न्यूड सीन, पछि रातभर रोएर बिताइन्

प्रकाशित मिति : Sunday, January 13th, 2019 at 12:36 PM



एजेन्सी / फूलन देवीको भूमिका निर्वाह गरेर चर्चित भएकी नायिका सीमा विश्वास ५४ वर्षकी हुन लागिन्। १४ जनवरी १९६५ मा असमको नलबारीमा जन्मिएकी सीमानले नेशनल स्कुल अफ ड्रामाबाट अभिनय सिकेकी हुन्। सीमाले १९८८ मा रिलीज भएको फिल्म ‘अमसिनी’ बाट डेब्यु गरेकी हुन्। यद्यपी उनको पहिचान भने १९९४ मा शेखर कपुरको फिल्म ‘ब्याडिङ क्वीन’ बाट प्राप्त भएको हो। यो फिल्म त्यतिबेला चर्चामा आयो जतिबेला मिडियाले फिल्मको बलात्कारको सीनलाई निकै प्राथमिकता दिए।

फिल्म रिलीज हुनु भन्दा दुई वर्ष पहिला विश्वास परिवारले फिल्मको सेन्सर नभएको फिल्म नलबारी असमस्थित आफ्नै घरमा हेरेका थिए। त्यतिबेला सीमा विश्वास आफ्नी आमाको काखमा टाउको राखेर निदाएको अभियन गरिरहेकी थिइन्। ढोका र झ्यालका पर्दा लगाइएको थियो भने कोठाभित्र सन्नाटा छाएको थियो। सीमाले कोठाको लाइट पनि बन्द गरिन्।

ताकि भित्र कसैले हिन्दी फिल्मको भिडियो हेरिरहेको छ भनेर थाहा नपाओस्। लाइट बन्द गर्ने अर्को कारण पनि थियो, सीमा चाहन्न थिइन् की फिल्म सकिएपछि उनका परिवारका सदस्यको नजर आफूमाथि परोस्। तर त्यस्तो भएन। फिल्म सकिएपछि सीमाका बुवाले उनीतर्फ हेरेर शास लिँदै भने, ‘यो भूमिका हाम्री सीमाले मात्रै गर्न सक्छिन्।’

सीमाले फुलन देवीको भूमिका मात्र निर्वाह गरिनन्, उनले फुलन देवीको जीवन नै जिइन्। शुटिङका क्रममा उनले केही दिनसम्म केही पनि खाइनन्। किनभने फुलनदेवीले पनि यस्तै गरेकी थिइन्। उनी जंगलमा बस्थिन्। शुटिङका क्रममा सीमाले आफूलाई बाँकी समाजबाट अलग पनि गरिन्।

‘ब्याण्डिट क्वीन’ मा सीमा विश्वासको एक न्यूड सीन पनि थियो, जसलाई लिएर निकै विवाद पनि भयो। सीमाका अनुसार उक्त फिल्मको एक न्युड सीनका कारण उनी रातभर रोएर बसेकी थिइन्। जब उक्त सीनका शुटिङ हुँदै थियो तब डाइरेक्टर र क्यामरामेन बाहेक बसैलाई पनि भित्र पस्न दिइएको थिएन।

‘त्यो बेला फिल्मप्रति मासिनको धारणा निकै नकारात्मक थियो,’ उनले भनिन्, ‘धेरै मानिस मेरो यही रोलका कारण मप्रति घृणा नै गर्न थाले। तर मैले यो विषयमा कहिल्यै पनि सफाइ दिइन। बोल्ड सीन मैले होइन, मेरो बडी डबलले गरेको थियो। यो विषयमा मेरा परिवारका सदस्यलाई थाहा थियो। फिल्मको उक्त सीनपछि पूरै फिल्म यूनिट रोएको थियो।’

सीमाका अनुसार उनले शेखर कपुरसँग फिल्मको न्युड सीन हटाउन आग्रह पनि गरेकी थिइन्। तर शेखरले सत्य घटनामा आधारित फिल्म रहेको भन्दै हटाउन मानेनन्। आफ्नो भूमिकाका कारण सीमा आलोनाको शिकार भएकी थिइन्। यो फिल्म रिलीज भएपछि निकै बिरोध पनि भयो। तर पछि अदालतले स्वीकृति दिएपछि फिल्म रिलीज भयो।