ChannelNp Logo

जय–वीरुको यो फोटो निकै भाइरल भइरहेको छ, यस्तो छ रहस्य

प्रकाशित मिति : Monday, January 14th, 2019 at 1:31 PM



एजेन्सी / फिल्म ‘शोले’ मा जय–वीरुको भूमिका निर्वाह गरिसकेका अमिताभ बच्चन र धमेन्द्रको जोडी आज पनि त्यत्तिकै लोकप्रिय छ। फिल्ममा आफ्नो करियर सुरु गरेका यी दुवै अभिनेता अहिले आफ्नो बेग्ला बेग्लै संसारमा छन्। केही दिन पहिला अमिताभ बच्चनले गाउँको कुनै खुला ठाउँमा खाट माथि सुतेको फोटो सामाजिक संजालमा शेयर गरेका थिए। अमिताभपछि धर्मेन्द्रले पनि करिव ५५ वर्ष पुरानो उस्तै एउटा फोटो शेयर गरेका थिए जसमा उनी खाटमाथि आरामसँग सुतिरहेका छन्। यी फोटोले यी दुवैको कहानी बताइरहेका छन्।

केही दिन पहिला अमिताभ बच्चनले आफ्नो एउटा फोटो सामाजिक संजालमा शेयर गरेका थिए। जसमा उनी खुला ठाउँमा खाट राखेर त्यही खाटमाथि सुतिरहेका छन्। उनले फोटोका क्याप्शनमा लेखेका छन्–धेरै दिनपछि गाउँको खाट र बैलगाडीको सवारीको सौभाग्य प्राप्त भयो।’
मुम्बईको आलिशान बंगलामा बस्ने अमिताभ यसरी गाउँको खाटमा सुतेको देखेर उनका फ्यान निकै खुशी भए।

एक जना सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्, ‘सर खाटमा सुत्नुको मज्जा नै बेग्दैछ। अमिताभको यो फोटो फिल्म ‘झुण्ड’ को सेटको हो। निर्देशक नागराज मंजुले को यो फिल्मको शुटिङ महाराष्ट्रको ग्रामीण इलाकामा भएको थियो। सोही फिल्मको शुटिङका क्रममा अमिताभ खाटमा सुत्नुकासाथै बैलगाडीको सवारी पनि गरेका थिए।

‘शोले’ मा अमिताभ बच्चनका साथी बनेका धर्मेन्द्रले पनि ५५ वर्ष पुरानो एउटा फोटो इन्स्टाग्राममा शेयर गरेका छन्। जसमा उनी खाटमा मस्त निदाइरहेको जस्तो देखिन्छ। यो फोटोको विशेषता के हो भने यही खाट नजिकै उनको बिलासी गाडी इमपाला रोकिराखिएको छ। धर्मेन्द्रका अनुसार यो फोटो उनलाई एक फलोअर्सले पठाएका हुन्। धर्मेन्द्रले लेखेका छन्, ‘१९६४ मा भवगानको कृपाले मसँग एयरकण्डिशन इमपाला कार थियो, जसमा सुत्न प्रशस्त ठाउँ थियो। तर जाटलाई निन्द्र खाटमा आउँथ्यो।’

यो फोटो कँहाको हो भन्ने स्पष्ट छैन। तर यो फोटो पनि कुनै फिल्म शुटिङका क्रममा खिचेको हुनुपर्छ। बलिउडमा निकै सफलता हासिल गरेपनि धमेन्द्रको माया गाउँभन्दा टाढा गएन। उनी अहिले पनि आफूलाई किसान भन्छन्। र, लोनावालस्थित फार्म हाउसमा अहिले पनि तरकारी खेती गर्छन्। ८३ वर्षका धर्मेन्द्र धेरै जसो समय आफ्नो फार्महाउसमा नै बिताउँछन्।