ChannelNp Logo

यस्ता पो नायक, अक्षय कुमारले गरे १०० परिवारलाई १० करोड भारु दान

प्रकाशित मिति : Sunday, March 3rd, 2019 at 12:47 PM



मुम्बई । पछिल्ला दिनहरुमा चर्चित बलिउड अभिनेता अक्षय कुमार व्यवसायिक चलचित्र भन्दा पनि सामाजिक सन्देश बोकेका चलचित्रमा अभिनय गरिरहेको देखिन्छन् । उनी फिल्म क्षेत्रमा मात्र होइन सामाजिक कार्यमा पनि धेरै अगाडी रहेका छन् । उनका यस्ता फिल्मलाइ आलोचना गर्नेहरुले फिल्मलाइ प्रोपागाण्डा भन्दैं आएका छन् ।

उनले सामाजको नजरमा गलत भनिएका कतिपय कुराहरुलाई आफ्ना फिल्मका कारण सहज बनाइदिएका छन् । उनी विशेष रुपमा मोदी सर्मथक मानिएको छ । अभिनेता अक्षयकुमार चुरोटले स्वास्थ्यमा पार्ने असर, ट्राफिक नियमको पालना र सेनेटरी प्याडको प्रयोगसँग सम्बन्धित विज्ञापनमा पनि देखिएका छन् ।

त्यस्तै उनले पुलवामा हमलामा शहीद भएका सेनाका परिवारलाई पाँच करोड भारतीय रुपैयाँ दिने घोषणा पनि गरे । त्यस्तै अभिनेता अक्षय कुमारले हालै एक ‘च्यारेटी इभेन्ट’मा एकसय नयाँ दुलहीहरुलाई समान एकएक लाख रुपैयाँ जम्मा १० करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।

गरिब तथा सुविधाबाट वञ्चित युवाहरुले गरेको सामुहिक विवाहमा अक्षय आशिर्वाद दिन पुगेका थिए । तपाईलाई जानकारी गराउँ हामीले माथि उल्लेख गरेको रकम भारतीय रुपैंयाँ हो नेपाली होईन ।