ChannelNp Logo

शुक्रबारदेखि चलचित्र दालभात तरकारी ( ट्रेलर सहित )

प्रकाशित मिति : Thursday, May 2nd, 2019 at 1:49 PM



फिल्म ‘दालभात तकारी’ वैशाख २० गते शुक्रबार देखि प्रर्दशन हुँदैछ । यो फिल्मको प्रचारका लागी उपत्यका बाहिर र उपत्यकामा मोफसल टुर समेत आयोजना गरियो । सोही फिल्ममा मुख्य भुमिकामा रहेकी नायिका निरुता सिंहलाई डेंगु लागेपछि मुम्बईमा उपचार गराइरहेकी छिन ।
निरुताले फिल्मको घोषणा देखिनै फिल्मको प्रचार प्रसारमा एक महिना समय दिने बताएकी थिइन । तर प्रचार प्रसारको समयमा बिमारी भएपछि उपस्थित हुन् नसकेकी निरुताले सामाजिक सञ्जाल मार्फत निकै दुखि भएको बताएकी थिइन् ।

मह सञ्चारको प्रतुतिमा किरण केसीले निर्माण गरेको फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । मल्टिस्टारर फिल्ममा निरुतासँगै हरिवंश आर्चाय, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, किरण केसी, यमन श्रेष्ठ, बसुन्धरा भुषाल लगायत कलाकारको अभिनय रहेको छ ।