ChannelNp Logo

‘साङ्लो’ बनाउँदै विराज, स्क्रिप्ट पढ्दै रोइन निकिता

प्रकाशित मिति : Monday, May 6th, 2019 at 3:04 PM



नायक विराज भट्टले चलचित्र ‘साङ्लो’ बनाउने भएका छन् । विराजले फिल्म प्रोडक्सनको व्यानरमा ‘साङ्लो’ निर्माणको औपचारिक घोषणा गरिसकेका छन् ।

तेजबहादुर खड्का र विराजको लगानी रहने यस फिल्ममा २०१७ कि मिस नेपाल निकिता चाण्डकले नायिकाको रुपमा डेव्यु गरेकी छिन् । उनले फिल्मको स्क्रिप्ट र विराजले गर्ने व्यवहारको कारण आफू यो फिल्म गर्न राजी भएको बताइन् । स्क्रिप्ट पढ्दै गर्दा आफू रोएको भन्दै फिल्म राम्रो बन्नेमा आशावादी रहेको भनाइ राखिन् ।

यता नायक विराजले कलाकारितामा विगत दुई दशकदेखि संगालेको अनुभवको आधारमा आफू पहिलो पटक फिल्म निर्माण तथा निर्देशनमा होमिएको बताए । उनले भने, ‘म भोजपुरी फिल्म पनि बनाउन सक्थे तर मलाई नेपाली फिल्मको असाध्यै माया लाग्छ । मेरो सुरुवात नेपाली फिल्मबाट भयो । त्यसैले गर्दा म राम्रो नेपाली फिल्म दर्शकमाझ दिन चाहन्छु ।’ यही वैशाख २४ गतेदेखि फिल्मको छायांकन सुरु हुने जनाइएको छ ।