ChannelNp Logo

सडक खन्दा भाेजपुरमा देवस्थल फेला (शेयर गरि हाम्रो देवतालाई विश्वभर चिनाँउ )

प्रकाशित मिति : Friday, May 10th, 2019 at 7:36 AM



भाेजपुर / रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा सडक खन्ने क्रममा देवीदेवताको मूर्ति फेला परेको छ ।

देवताको मूर्ति फेला परेपछि सो स्थललाई अहिले ‘गुप्तेश्वर महादेव’ नामाकरण गरी स्थानीयले संरक्षण गरिरहेका छन् । स्थानीय पुजारी

गणेशप्रसाद निरौलाका अनुसार परापूर्व कालमा त्यहाँ देवस्थल रहेको तर पहिरोले पुरिएको हुनसक्ने र अहिले सडक खन्ने क्रममा मूर्ति फेला परेको हो । देवस्थलमा अहिले भक्तजन आउने गरेका छन् । सो ठाउँमा साँझ बिहान पूजापाठ गरिन्छ ।

उक्त स्थानमा शिवलिङ्गसँगै अन्य विभिन्न देवीदेवताको मूर्तीसमेत देख्न सकिन्छ । “स्थानीय स्तरमा संरक्षण समिति गठन गर्दैछौँ” निरौलाले भन्नुभयो । धार्मिक स्थलको संरक्षणसँगै प्रचारप्रसारको काम भइरहेको वडाध्यक्ष डिकमान राईले बताउनुभयो । वडा कार्यालयदेखि धोद्खानीको फिलुङगेटारसम्म करीब तीन किलोमिटर सडक विस्तारका क्रममा विभिन्न देवीदेवताको मूर्ति भेटिएको हो ।