ChannelNp Logo

तमोर नदीले बगाएर भारतीय नागरिक बेपत्ता

प्रकाशित मिति : Friday, May 10th, 2019 at 3:39 PM



पाँचथरको हिलिहाङ गाउँपालिका(७ सुभाङमा आज तमोर नदीले बगाएर १ जना भारतीय नागरिक बेपत्ता भएका छन् ।

बिहान ११ बजेको समयमा तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने क्रममा ३ जना भारतीय नागरिकहरु नदीमा पौडी खेलेर नदी पार गर्ने क्रममा सोही कम्पनीका कामदार बर्ष १९ को मन्जुरी हकलाई नदीले बगाई बेपत्ता बनाएको हो भने २ जनाले नदी पार गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथर र प्रहरी चौकी जोरपोखरीबाट प्रहरी टोली खटि गई खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।