ChannelNp Logo

उदाहरणीय जनप्रतिनिधि,जन्मदिनमा नेत्रहिन बालबालिकालाई पोशाक

प्रकाशित मिति : Sunday, May 12th, 2019 at 1:02 PM



बेलबारी । मोरङको बेलबारी २ की एक जनप्रतिनिधिले आफनो जन्मदिन स्थानीय कबिर माध्यमिक बिद्यालयका नेत्रहिन बालबालिका सँग मनाएकी छिन ।

बैशाख २८ गते शनिबार परेको उनको जन्मदिनका अबसरमा बेलबारी नगर कार्यपालिका सदस्य तथा बेलबारी २ की वडासदस्य खिनामाया बस्नेतले १२ जना नेत्रहिन बालबालिकाहरुलाई बिद्यालय पोशाक र खिर खुवाएर आफनो जन्मदिन मनाएकी हुन । जनप्रतिनिधि हुनु अघि समेत बिभिन्न सामाजिक क्रियाकलाप गरी समाजमा छबि बनाएकी उनले जन्मदिनमा हुने फजुल खर्च कटाएर भोलिका सन्ततिका लागी थोरै भएपनि सहयोग गर्न पाँउदा आफुलाई खुसी मिलेको प्रतिक्रिया दिएकी छिन ।

बेतना दैनीक वाट