ChannelNp Logo

तपाईको आजको दिन कस्तो छ ? – हेर्नुहोस् बैशाख ३१ गतेको राशिफल

प्रकाशित मिति : Tuesday, May 14th, 2019 at 2:38 AM



आज श्री शाके १९४१ बि.स. २०७६ साल बैशाख ३१ गते मंगलबार इश्वी सन् २०१९ मे १४ तारीख वैशाख शुक्लपक्ष दशमी तिथी पुर्वाफाल्गुनी नक्षत्र हषर्ण योग वणिज करण चन्द्रमा सिंह राशीमा १३ः४७ बजे सम्म पश्चात कन्या राशिमा आनन्दादि योगमा धूम्र योग सुर्य उत्तरायण वसन्त ऋतु – ज्योपं. सरोज घिमिरे / 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहेकोछ । नयाँकार्य थालनिले मन प्रशन्न रहला । मध्यान पश्चात भने तपाईको कार्यमा त्रुटि देखाउने हरुको बृद्धिहुनेछ । स्वास्थमा सामान्य तनाब उत्पन हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सामान्य मानसम्मान प्राप्तीको योग रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । मध्यान पश्चात अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । बौधिक ब्यतित्वहरुको साथ सहयोगले आम्दानि उत्तम रहला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

मित्रजनहरुको साथ सहयोगमा बृद्धिहुनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मध्यान पश्चात पारीवारका सदस्यहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । यात्रामा सजग रहनु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

एकान्त प्रिय हुने योग रहेको छ । ब्यापार ब्यवसायमा राम्रो समय रहेको छ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्नेछ । सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त हुने समय रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कार्य क्षेत्रको सामान्य झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । मान्य जनहरुको साथ सहयोग प्रशस्त प्राप्त हुनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सब्छ । दाजु भाई बिच सामान्य मनमुटाब रहन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । खानपानमा बिशेष ध्यान दिनु होला । आटँ शाहसमा कमि आउनाले कार्य सम्पादनमा झन्झट आउन सक्नेछ । धनमालमा क्षति पुग्न सक्छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

ब्यापार ब्यवसायमा भने दिन मध्यम रहनेछ । सामान्य खर्च हुने योग रहेको छ । कुल कुटुम्बहरुको साथ सहयोग प्राप्त रहला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।