ChannelNp Logo

खुट्टा चुटिएर सिकिस्त बनेकि बेलबारीकी बृद्धा पुर्णमायको निधन

प्रकाशित मिति : Wednesday, May 15th, 2019 at 10:03 AM



मोरङको बेलबारी २ लालभित्तिकी एक बृद्धाको उपचार खर्चको अभावमा एउटा खुट्टा नै चुटिएपछि उपचारका लागी धरान लगिएकोमा मंगलबार राति उनको मृत्यु भएको छ ।

बेलबारी २ लालभित्ती सिंहदेवीकी ९४ वर्षीय वृद्धा पूर्णमाया मगर विगत लामो समयदेखि उपचार खर्चको अभावमा थला परेपनि उनको उपचार हुन नसक्दा उनले खुट्टा गुमाउनु परेको हो । सोही कुरा थाहा पाएपछि जनप्रतिनिधि खिनामाया बस्नेत र स्थानीयले उनलाई उपचारका लागी मंगलबार दिउँसो धरान पठाएका थिए ।
आमाको सुरुमा दुवै खुट्टा निदाउथ्यो, केहीदिन पछि दाहिने खुट्टा जाति भयो तर देव्रे खुट्टा भने जाति भएन । अहिले भने देव्रेखुट्टा काम गर्ने अवस्थामै छैन उनकी छोरी हर्कमाया मगरले मंगलबार भनेकी थिईन । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण स्थानीयहरु उनको उपचारमा एकजुट भएका थि