ChannelNp Logo

गर्भपतन गराउन नपाईने गर्भपतन, गराए ९९ बर्षको जेल सजाय

प्रकाशित मिति : Wednesday, May 15th, 2019 at 10:26 AM



पेटमा छोरी भए गर्भपतन गर छोरा भए राख्ने चलन रहिआएको छ । कतिपय अवस्थामा भु्रँड हत्या जस्ता जघन्य अपराध भइरहेका घटना सार्वजनीक हुने गरेका छन यस्तो कु कृत्यलाई परास्त गर्दै अमेरिकाको अलबामा राज्यले भर्गपतनमाथि प्रतिबन्ध लगाउने सम्बन्धी विधेयक पारित गरि कानूनको रुप दिएको छ ।कन्जरभेटिभको बाहुल्य रहेको राज्य सरकारका सांसदले लगभग पूर्णतः गर्भपतनमाथि प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकको पक्षमा मत दिएर त्यसलाई कानूनको रुप दिएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ ।
राज्यको सिनेटले दर्ता भएका संशोधन प्रस्तावलाई अस्वीकृत गर्दै नयाँ कानून पारित गरेको हो ।राज्यको सिनेटमा बलात्कार तथा इच्छाविपरितको यौन सम्बन्धका कारण रहेको गर्भ पतन गर्न पाउने व्यवस्था हुनु पर्ने भन्दै संशोधन दर्ता भएको थियो । नयाँ कानूनले गर्भपतनको प्रयास गर्ने डाक्टरलाई १० वर्षसम्मको साजय र महिलाको गर्भपतन गराउने डाक्टरलाई ९९ वर्षको जेल सजायको व्यवस्था गरेको छ । तर गर्भपतन गराउने महिलाले कुनै पनि किसिमको आपराधिक दायित्व बहन गर्नु पर्दैन ।