ChannelNp Logo

महिनामा एकपटक अनिवार्य रुने गरौँ ,रुँदा यस्ता फाइदा हुन्छन

प्रकाशित मिति : Wednesday, May 15th, 2019 at 2:35 PM



दुःखी हुँदा तपाईंको आँखाबाट आँशु झर्छ भने यसलाई नरोक्नुस्, यसका फाइदाहरू यस्ता छन।

 

१.रोएको समयमा तपाईंको आँखाबाट आँसु निस्किन्छ र आँशुमा लिसोजाइम नामक पदार्थ पाइन्छ । यो तत्व आँखाबाट ९५ प्रतिशत ब्याक्टेरियालाई खत्तम गरेर आँखालाई सफा राख्न मद्दत गर्दछ ।

२. रुनु तपाईंको मानसिक स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । जब तपाईं रूनु हुन्छ तब शरीरमा एन्डोर्फिन, ल्यूकाइन् एंकाफालिन, प्रोलैक्टिन, जस्तो तत्वको स्तर कम हुन्छ जो तनाव कम गर्नमा सहायक हुन्छ ।

३.रुँदा तपाईंको दुःख कम भएर तपाईंलाई शान्ति मिल्छ । रोएपछि तपाईं आफ्नो मनलाई हलुका महसुस गर्नुहुन्छ र केही समय पछि खुशीको अनुभव गर्नुहुन्छ ।

४. जब तपाईं दुःखी हुनुहुन्छ तब डिप्रेशनको कारण शरीरमा हानिकारक तत्व निर्मित हुन्छ । यस्तोमा रूँदा यो तत्व शरीरबाट बाहिर निस्कनमा सजिलो हुन्छ ।

५. हाई ब्लड प्रेशरको रोगीलाई रूनु फाइदाजनक हुन्छ । यसले रक्त चापलाई सामान्य बनाउन सहयोग गर्छ