ChannelNp Logo

पथरीमा विरोध कार्यक्रम

प्रकाशित मिति : Wednesday, May 15th, 2019 at 4:08 PM



सरकारले संघीय संसद सचिवालयमा दर्ता गरेको मिडिया काउन्सील विधेयकविरुद्ध आज पूर्वी मोरङका पत्रकारहरुले पथरीमा विरोध कार्यक्रम आयोजना गरेका छन् ।

उनीहरुले पथरीस्थित नेपाल पत्रकार महासंघको सम्पर्क कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी विरोध जनाएका हुन् । कार्यक्रममा सहभागीहरुले सरकारले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउन मिडिया काउन्सील विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको आरोप लगाएका छन् । कार्यक्रममा सहभागी पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाउने निर्णय गरेका छन् ।

मिडिया काउन्सील विधेयकविरुद्ध पत्रकारहरुले आगामी जेठ ३ गते मोरङको उर्लाबारीमा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेका छन् ।

महासंघका जिल्ला सहसचिव सन्तोष राईको अध्यक्षतामा भएको सो कार्यक्रममा महासंघका केन्द्रीय प्रतिनिधि अर्जुन जम्नेली राई, नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष हरि कोइराला, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष केदार चौहान र पे्रस सेन्टरका मोहन भट्टराईले आ–आफ्नो धारणा राख्नुभएको थियो ।