ChannelNp Logo

शिहंदरबार भित्रै हात हालाहाल कुटिए स्वकीय सचिव

प्रकाशित मिति : Wednesday, May 15th, 2019 at 4:15 PM



नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कार्यकर्ताले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि मन्त्रालयभित्रै हातपात गरेका छन्।

बुधबार दिउँसो युनियनका नेता सुरेन्द्र भण्डारीसहित गएका ८/१० जनाले सरूवामा घुस खाएको भन्दै वादविवाद गरेका थिए। विवाद बढ्दै जाँदा उनीहरूबीच हात हालाहालको अवस्था बनेको थियो।  घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।