ChannelNp Logo

गाउँगाउँमा डाँडाडाँडामा बाटो खन्याजस्तो गरी हचुवाको भरमा खर्बौं रकम उडाउनु राम्रो होइन- राष्ट्रिय सभा सदस्य बिडारी

प्रकाशित मिति : Wednesday, May 15th, 2019 at 4:32 PM



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा सदस्य हुन्, रामानारयण बिडारी। सांसदहरूलाई निर्वाचन क्षेत्रमा बजेट दिने प्रवृत्तिको उनले खुलेर विरोध गर्ने गरेका छन्। सांसदहरू विधि निर्माणमा लाग्नु पर्ने भएकाले उनीहरूको तजबिजमा खर्च हुने गरी बजेट दिन नहुने उनको तर्क छ।

‘विकास निर्माणका लागि प्रदेश र स्थानीय सरका छन्। सांसदले त कानुन बनाउने हो सरकार बनाउने अनि बजेट बनाउने हो,’ बिडारी भन्छन्, ‘कानुन बनाउने बेलामा कोरम पुग्दैन त्यसैले सांसदलाई उनीहरूकै काममा पोख्त बनाउन पर्छ र विकासे अभियन्ताजस्तो बन्न दिनु हुँदैन।’

सांसद बिडारीसँग यिनै विषयमा केन्द्रीत रहेर सेतोपाटीका सञ्जिब बगालेले गरेको भिडिओ कुराकानीको सम्पादित अंशस्

सांसदहरूले अहिले पनि आफ्नो निर्वाचन क्षेत्रमा बजेट लैजान पाउनु पर्‍यो भनेर लबिङ गरिरहेका छन्। सांसदहरूलाई यसरी बजेट किन चाहिएको होरु

हाम्रा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा पैसा लैजान्छन्। सांसदको नाममा सांसदले तोकेको ठाउँमा सांसदले बनाएको योजनामा बजेट जाने गरेको छ। जुन गलत प्रक्रिया हो। निर्वाचन क्षेत्रमा बजेट जानु स्वभाविक हो तर देशभरिको निर्वाचन क्षेत्रमा जानुपर्छ नि एउटा निर्वाचन क्षेत्रमा होइन।

मन्त्री एउटा निर्वाचनको क्षेत्रको मान्छे मात्रै होइन। मन्त्री देशको हो, ऊ नेपालको मन्त्री हो। उसले निर्वाचन क्षेत्र हेर्नु पदको दुरूपयोग गर्नु हो। उसले निर्वाचन क्षेत्र हेर्ने हो र उसले सबै नेपाल हेर्ने हो। विराटनगरको कोही मन्त्री छ भने उसले कर्णाली पनि हेर्नुपर्‍यो,सुदुरपश्चिम पनि हेर्नुपर्‍यो। विराटनगरको मन्त्रीले विराटनगरमात्रै हेर्‍यो भने त्यो बेइमानी हो, अप्रजातान्त्रिक हो, गैरसंवैधानिक हो र त्यो खप्न सक्ने विषय पनि होइन। यो त मन्त्रीको कुरा भयो।

सांसदहरूले निर्वाचन क्षेत्रमा आफूलाई मन परेको ठाउँमा आफूलाई मन परेको मान्छेमार्फत् आफूलाई मन परेको तरिकाले योजनामा रकम खर्च गर्ने त्यसको लागि सरकारले छुट्टै पैसा दिने भन्ने कुरा सैद्धान्तिक र व्यावहारिक दुबै रूपमा बेठीक हो।

यत्रो देशभरि सांसदका लागि कहीँ बस्ने एउटा मेच छैन। एउटा कार्यालयको माग नगर्ने, राम्रो सचिवालयको व्यवस्था नगर्ने माननीयले गाउँगाउँमा डाँडाडाँडामा बाटो खन्याजस्तो गरी हचुवाको भरमा खर्बौं रकम उडाउनु राम्रो होइन।

सैद्धान्तिक रूपमा सांसद भनेको कानुन निर्माता र विधायक हो विधि र नीति बनाउने उसको मुख्य काम हो।

विधि र नीति बनाउने सांसदले झोलुंगे पुल, गोरेटो र घोडेटो बाटो भन्दै गाउँतिर मात्रै घुमिरहने हो भने विधि र निर्माण राम्रोसँग हुँदैन। अहिले विधि र नीति राम्रो नभएको कारण देश बिग्रिएको हो। विधि राम्रोसँग बन्न नसक्दा छिटोछिटो ऐन संशोधन भइरहेको छ। ऐनहरू एक वर्ष पनि नटिक्दै संशोधन गर्नुपरेको छ। यहाँ बसेर उनीहरूले विज्ञसँग सल्लाह लिएर बनाउनु पर्ने हो।

४ लाखको,१० लाखको बजेट पनि केन्द्रबाटै जाने हो भने संघीयता किन ल्याएको होरु अनि गाँउपालिका र नगरपालिकालाई स्थानीय सरकार किन भनेको होरु विकास निर्माण गर्न वडा अध्यक्ष छ, उसको कर्मचारी छ। ऊसँग स्रोत साधन छ।

गाउँपालिका नगरपालिकामा डोजर छन्, इन्जिनयर छन्, वन,नापी र भूमिसुधारका हाकिम छन्। सबै कर्मचारी रहने गरी संघीयता बनाइएको छ। अब तिनको काम हो, विकास गर्ने। बेठीक गरे भने तिनीहरूलाई फेर्दिने ठीक गरे भने उनीहरूलाई अधिकार दिने हो।

(सेतोपाटी बाट)