ChannelNp Logo

हुँदै नभएको विद्यार्थीका नाममा छात्रवृत्ति झ्वाम ! गाडीबाट प्रहरीकै झोला चोर्ने चोर नै पक्राउ परेन (भिडियो)

प्रकाशित मिति : Saturday, May 18th, 2019 at 10:24 PM



काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३८० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. सामुदायिक विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिकै अनियमितता

रौतहट । रौतहट फतुवा विजयपुर नगरपालिका ४ मा रहेको प्र्रावि स्कुलमा विद्यार्थीको छात्रवितृ तथा बिद्यालयको आयस्रोतमा अनियमितता भएको पाइएको छ । ५ कक्षासम्म पढाई हुने यो विद्यालयमा १५ जनाको हाराहारीमा मात्रै विद्यालय रहेको रेकर्डमा देखिन्छ । तर हामी विद्यालय पुग्दा एक जना मात्रै विद्यार्थी थिए । तर फतुवा विजयपुर नगरपालिकाबाट भने ४ सयका दरले २ सय ५१ जना विद्यार्थीको नाममा १ लाख ४ हजार रुपैयाँ छात्रवृत्ति गएको छ । यस बाहेक विद्यालयमा बालबिकास अनुदान, विद्यालय सञ्चालन अनुदान, सामाजिक परीक्षण तथा लेखा अनुदान, विद्यार्थी मुल्याङकन अनुदान लगाएतका शिर्षकमा ६४ हजार भन्दा बढी रकम आएको छ ।

२. चोरीको भिडियो हुँदा हुँदै पनि चोरलाई समात्न सक्दैन प्रहरी !

काठमाडौं । सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक डा. राज्य खड्काको महत्वपूर्ण सामानसहितको झोला बैशाख १४ गते बौद्धबाट चोरी भयो । गोकर्णेश्वर यातायातको २५६८ नम्बरको बसमा साँखुबाट रत्नपार्क जानेक्रममा बौद्ध क्षेत्रमा आउँदा उनको ब्याग थियो । तरु हेर्दा हेर्दै एक व्यक्ति उनको झोला बोकेर भाग्छन् । उक्त दृश्य सीसी क्यामेरामा कैद हुन्छ ।

३. गलत रगत प्रयोगपछि ज्यान गुमाएकी बालिकाको शब उठेन

काठमाडौं । बाँसबारीस्थित सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गलत समूहको रगत चढाएपछि निधन भएकी सर्लाहीकी ५ बर्षीया आकृती कुमारी साहको शब उठेको छैन । मुटुको भल्बमा समस्या भएपछि आकृती कुमारीको बैशाख १७ गते शल्यक्रिया भएको थियो । शल्यक्रिया गर्नुपूर्व ओ पोजेटिभ रगत समूह भएकी आकृतीको शल्यक्रियाका क्रममा ए पोजेटिभ रगत प्रयोग भएको पाइएको थियो । शल्यक्रिया पछि उनको होस खुलेन र उनको निधन भयो ।

४. आर्थिक अभावका कारण उपचार नपाएका टंकप्रसाद न्यौपानको उद्धार

कपिलवस्तु । आर्थिक अभावमा मानिसक रोगको उपचार नपाएर घरमै साङ्गालेमा बाँधिएका कपिलवस्तु बाणगङ्गा ६, सुठौलीका २७ वर्षीय युवा टंकप्रसाद न्यौपानेको उपचार सुरु भएको छ । ५ बर्षदेखि बिरामी भए पनि आर्थिक अभावमा उपचार नपाएको बिषयमा हामीले कार्यक्रममा रिपोर्ट प्रशारण गरेपछि नवजीवन परोपकार समाज तथा मानव कल्याण समाज भक्तपुरले काठमाडौं ल्याएर उपचार सुरु गरेको हो ।