ChannelNp Logo

जिउँदै गाडिएको शिशुलाई यसरी उद्धार गरे यी कुकुरले

प्रकाशित मिति : Sunday, May 19th, 2019 at 1:55 AM



बीबीसी। मावनजातिको प्रिय घरपालुवा जनावरको रुपमा परिचित छ कुकुर। कुकुर यस्तो जनावर हो जुन हिंसात्मक क्रियाकलापदेखि लिएर सुरक्षा लगायतका विभिन्न क्षेत्रमा प्रयोग समेत गरिदैं आइएको छ।

विश्वमा कुकुरहरुले बेलाबखत निकै ठूला ठूला काम गरेको समाचारहरु पनि सुन्दै आएका छौं। यस्तो एक कुकुरले एउटा ठूलो महान कार्य गरेको समाचार सार्वजनिक भएको छ।

यो घट्ना उत्तरी थाइल्याण्डको हो। जहाँ हालै एक कुकुरले जिउँदै गाडिएको बच्चाको सकुसल उद्धार गरेको छ। उक्त नवशिशु बालक भएको र उनको १५ वर्षीया आमाले परिवासँग आफू गर्भवती भएको कुरा लुकाउन उनलाई जिउँदै गाडेको बीबीसीमा उल्लेख गरिएको छ।

उत्तरी थाइल्याण्डको बान नोङ खाम गाउँमा घटेको उक्त घट्ना पिङ पोङ नामक सो कुकुरले जमिन खोतल्दा कुकुरको मालिकले बच्चाको खुट्टा देखेपछि बाहिर आएको हो।

त्यसपछि ती बालकलाई स्थानीयले तुरुन्तै नजिकैको अस्पतालमा लगेका थिए र केही समयमा डाक्टरले बालकलाई स्वस्थ रहेको घोषणा गरेको बीबीसीले जनाएको छ।

घट्नापछि बालकको आमालाई शिशु हत्याको आरोपमा पक्राउ गरिएको छ। तर आमाले भने आफूबाट त्यस्तो कार्य नभएको भन्दै आफूमाथि लागेको आरोप अस्विकार गरेकी छन्।

बीबीसीले जनाएअनुसार पछि स्वस्थ घोषणा गरिएको बालकलाई भने पक्राउ परेकी आमाको परिवारले पाल्ने निर्णय गरेको छ।