ChannelNp Logo

मुक्तिनाथ को जानकारी सँगै आजको दिनको सुरुवात गरौ जगतको जय होस (शेयर गरौँ पुरा हुनेछ मनोकामना )

प्रकाशित मिति : Monday, May 20th, 2019 at 5:48 AM



प्रसिद्ध मुक्तिनाथ मन्दिर मुस्ताङ जिल्लाको मुक्तिनाथ गा.वि.स.मा पर्दछ । वराह पुराण र हिमवत्खण्ड पुराणले समेत महिमागान गरेको मुक्तिनाथ क्षेत्र हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु मानिन्छ । मुक्तिनाथ मन्दिर नेपाली तले शैलीमा निर्मित छ । मन्दिर छेउछाउमा १०८ धारा, ज्वाला माई मन्दिर, शिवालय र गुम्बाहरू पनि छन् । कालीगण्डकी नदीको नजिकै पर्ने मुक्तिनाथ मन्दिरको स्थापना मध्यकालताका जुम्लाका राजाले गराएको मानिन्छ । अहिलेको मन्दिर भने वि.सं. १८७१ सालमा शाहराजाहरूले गराएका हुन्

मुक्तिनाथ मन्दिरमा हिन्दू ब्राह्मणले नित्य पूजाआजा गर्ने र बौद्ध झुमाहरूले प्रसाद वितरण गर्ने चलन छ । तसर्थ मुक्तिनाथ हिन्दू र बौद्धमार्गी दुवैको आस्थाको केन्द्रविन्दु मानिन्छ । मुक्तिनाथ मन्दिरमा धातुको मुक्तिनाथको मूर्ति राखिएको छ । त्यसका साथै लक्ष्मी, सरस्वती र गरुडका मूर्तिहरू पनि छन् । शालिग्राम पाइने प्रसिद्ध स्थलमा मुक्तिनाथ रहेकाले हिन्दूहरूमा यसको विशेष महत्व छ । बौद्धमार्गीहरू यहंँको ज्वालालाई अवलोकितेश्वरको स्वरूप मान्दछन् ।

बद्रीनाथ, केदारनाथ, पशुपतिनाथ र मुक्तिनाथको दर्शन नगरी भगवान्को दर्शन यात्रा पुरा नहुने जनविस्वास भएकोले यो क्षेत्रको धार्मिक महत्व एकदम बढी रहेको छ । मुक्तिनाथ क्षेत्र अति प्राचीन भए पनि यसको ख्याति भने इसाको तेह«ौं–चौधौं शताब्दीदेखि मात्र बढ्न थालेको हो । यसका लागि वि.सं. १९५५ सालमा गुठी राखिएको प्रमाण पनि पाइएको छ । मुक्तिनाथ भेगमा जनै पूर्णिमा र कात्तिक पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्दछ । तर स्वदेशी र विदेशी पर्यटक र तीर्थयात्रीहरू सालैभर यस क्षेत्रको भ्रमणमा आई नै रहन्छन् । यसले गर्दा मुक्तिनाथमा सधैं मेला लागिरहे जस्तो देखिने गर्दछ