ChannelNp Logo

पाँचथर हत्याकाण्ड अपडेट -पोस्टमार्टमपछि गाउँमा , अन्तिम बिदाईको समयमा आफन्तको रुवाबासी, ( भिडियो सहित)

प्रकाशित मिति : Thursday, May 23rd, 2019 at 9:56 AM



सोमबार राति मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा हत्या गरिएका ९ जनाको शब पोस्टमार्टमपछि गाउँ ल्याइँदै छ ।

प्रहरीका अनुसार बमबहादुर फियाक परिवारका ४ जनाको आरूबोटेमा मै अन्तेष्टि गरिने छ ।बाँकी ५ जना धनराज शेर्माको परिवारलाई उनको पुख्र्यौली घर घर मांङजाबुङ लगिने पाँचथर प्रहरीले जनाएको छ । धनराज ससुराली घर नजिक जग्गा खरिद गरेर बस्दै आएका थिए ।शव ल्याइसकेपछि अन्तेष्टिका लागि आफन्तलाई जिम्मा लगाइनेे छ ।उनीहरुकाे हत्यामा संलग्न झुन्डिएर आत्महत्या गरेकामनकुमार माखिमसँग अरु पनि पनि थिए वा थिएनन् भन्ने पत्ता लागेको छैन् ।
प्रहरीले माखिमका निकट व्यक्ति, परिवार र टेलिफोनको कल डिटेललाई अनुसन्धान गरिरहेको छ । भागेर बाँच्न सफल भएकी सीता खजुमलाई पनि अनुसन्धानका लागि पाँचथर ल्याइने प्रहरी नायब उपरीक्षक नरेद्र कुँवरले बताए ।