ChannelNp Logo

सर्पका सारथी – प्रेम बिष्ट जस्ले अहिले सम्म ४ हजार सर्प समाति सके

प्रकाशित मिति : Monday, May 27th, 2019 at 11:51 AM



ज्योति शर्मा,

सर्प भन्ने सुन्न साथ अधिका“सको सातोपुत्लोनै उड्ने गर्दछ । सर्पले मानिसलाई खेदी– खेदी डस्छ , तब मानिसको तत्काल मृत्यू हुने भयले देख्ने बित्तीकै मार्न भिढ लाग्ने गर्दछ । तर बायुमण्डलमा भयका बिषाक्त ग्यासलाई सोचेर शुद्घता प्रदान गर्न मद्घत गर्ने सहयोगी जिवनैं हामै्र अज्ञानताका कारण धमाधम मारिदैछन् । तर हामै्र समाजमा अनौठो सोच र ब्यावहार भएका ब्याक्ति हुन, प्रेम बिष्ट । उनले गाउ“घरमा पाईने बिषालु सर्प नियन्त्रणमा लिएर अहिले सम्म करिब साढे चार हजार जती सर्प सुरक्षीत स्थानमा छोडी सकेकाछन् ।

मोरङ्गको उर्लाबारी मंगलवारे स्थित सव डिभिजन वन कार्यालय मंगलवारेमा कार्यरत सशस्त्र वन रक्षक प्रेम बिष्ट अहिले आफ्नो ड्युटि मात्र निभाई रहेका छैनन्, गाउघरका सर्वसाधारणको सहयोगि समेत बन्दै आएकाछन् । कहिकतै सर्प देखियोकी उनलाई फोन आउछ । जस्तो सुकै अवस्थामा भएपनि उनि जतिसक्दो बोलाएका ठाउमा पुगिहाल्छन् । मानिसले शत्रु सम्झीएको सर्प लाई नियन्त्रणमा लिनु र सर्बसाधारणलाई भयमुक्त बनाउनु उनको दिनचर्यानै भएको स्थानियबासी निर्मला गौतमकोे बुझाई छ ।

९ बर्षको कलिलो उमेरमैं गुर्बे सर्प पक्रिएर परिवारलाई चकित पारेका बिष्टले अहिले सम्ममा करिब साढे चार हजार जती सर्प बस्ती एरिया बाट पक्रिएर सुरक्षीत स्थानमा छोडी सकेकाछन् । सर्प मानिसका लागि अपरिहार्य जीव भएकाले यसको संरक्षण गर्नु पर्छ भन्ने सन्देस फैलाउन आफ्नैं तलब खर्चगरेर देशका बिभिन्न ठाउमा पुगेकाछन् उनि । तर बायुमण्डलमा भयका बिषाक्त ग्यासलाई सोचेर शुद्घता प्रदान गर्न मद्घत गर्ने सहयोगी जिवनैं हामै्र अज्ञानताका कारण धमाधम मारिदैछन् ।

नेपाल प्रहरीमा १९ बर्ष सेवागरी पेन्शन पकाएर बिष्टले २ हजार ७१ सालदेखि जिल्लाबन मोरङ्गबाट नियुक्त भई उर्लाबारी मंगलवारे स्थित सव डिभिजन वन कार्यालय मंगलवारेमा कार्यरत सशस्त्र वन रक्षक को ड्युटि मात्र निभाई रहेका छैनन्, गाउघरका सर्वसाधारणको सहयोगि समेत बन्दै आएको डिभिजन वन कार्यालय मंगलबारेका सशस्त्र वन सुरक्ष्ँँ सुवेदार टंक वि.क. को भनाई छ । उनि छिमेकीका लागि मात्र हैन, सर्पका लागि समेत सहयोगी बनेकाछन् । गाउघर बाट नियन्त्रणमा लिएका सर्पहरु सुरक्षित स्थलमा छोड्नका लागि वन कार्यालय मंगलवारेमा प्लाष्टिकका डिब्बा र तारजाली गरेर सुरक्षित राखीएको छ । सर्पका अण्डा समेत संकलन गरेर सुरक्षित राखीएको देख्दा सर्प प्रतिको उनको मोह आमाले आफ्ना बच्चालाई स्याहारेको भन्दा कमछैन । उनले बिभिन्न बिद्यालय र समूदायमा समेत सर्प को बारेमा जनचेतना दिने गरेकाछन् । त्यसको परिणाम स्वरुप अहिले गाउ–गाउमा सर्प मार्र्ने हैन यिन्त्रणमा लिन बिष्ट लाईनै बोलाउन थालेकाछन ।

बिश्व श्वास्थ्य संगठनका अनुसार बिश्वमा ३ हजार भन्दा बढि प्रजातिका सर्प पाईने र जसमध्ये ७ सय ५० प्रजाति मात्र बिषालु हुन्छन् । अझ २ सय ५० प्रजातिका सर्प हरुत मानिसका लागि खतरनाक मानिन्छन् । श्वास्थ्य सेवा बिभागको अध्ययन अनुसार नेपालमा बिषम हावापानीका कारण ८० देखि ८९ प्रजाती मध्ये २० प्रजाती मात्र बिषालु पाईन्छन् । तर जो काहिलाई सर्पले डसेपछि बिषले असर गर्नु भन्दा मरिन्छ भन्ने डरका कारण हृदयघातभै धेरैको मृत्यु हुने गरेको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ ।
सर्प एक घस्रने प्रजातिको मांसाहारी जीव हो । बैज्ञानिक अध्ययन–अनुसन्धान अनुसार सर्पका सबै प्रजाति मांसाहारी भएकाले कीरा, फट्यांग्रा, मुसा,भ्यागुता देखि अजिङ्गरले त बाख्रा, हरिण, मृग लगायतको सिकार गर्दछन् । त्यसैले सर्प भन्ने बित्तिकै हाम्रो मानस पटलमा खतरनाक जीव भन्ने भान परिरहेको छ ।