ChannelNp Logo

भोजपुरमा एक व्यक्ती मृत फेला

प्रकाशित मिति : Monday, May 27th, 2019 at 8:37 PM



भोजपुरमा शौचालय गएका एक व्यक्ती मृत फेला परेका छन् । भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिम मुँडे घर भएका ८६ वर्षीय वृद्ध नर्वु तामाङ सौचालयमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घुमफिर गर्दै जाने क्रममा भोजपुर नगरपालिका वडा नम्बर ४ सिद्धेश्वर बस्ने महेन्द्र बहादुर खड्काको घरमा आइतबार राती बास बसेका तामाङको शौचालय भित्र लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । तामाङको शवलाई आवश्यक कानुनी प्रक्रिया पुरागरी पोष्टमार्टम पछि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।