ChannelNp Logo

गुन्डागर्दी गर्नेहरु माथि कडा कार्वाही होस् भन्दै रविले धुर्मुसलाई दिए यस्तो समर्थन

प्रकाशित मिति : Wednesday, May 29th, 2019 at 11:46 PM



काठमाडौ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउदै गरेको अन्तरास्ट्रिय क्रिकेट रंगशाला माथि स्थानिय बाट डोजर चलाउने काम भयो त्यसको बारेमा पत्रकार तथा प्रस्तोता रबि लामिछानेले पनि आफ्नो कुरा राखेका छन्। आज फेसबुक मार्फत रबि लामिछानेले यस्ता गुन्डागर्दी गर्नेहरु माथि कडा कार्वाही हुनुपर्ने भन्दै आवाज उठाएका हुन्। देश तथा राज्यले गर्नु पर्ने रंगशाला जस्तो निर्माणको काम एक कलाकार जोडी गर्दा सहयोगको सट्टा निर्माण स्थलमा डोजर चलाएकोमा उनले आफ्नो आपत्ति जनाएका हुन्।

पहिले देखि नै धुर्मुसलाई हरेक काममा समर्थन गर्दै आएका रविले दुखि हुदै आफ्नो समर्थन जनाउदै स्टेटस लेखेका हुन्। पर्खाल भत्काएपनि हिम्मत एक रति नहार्न समेत धुर्मुस सुन्तलीलाई रविले आग्रह गरेका छन्। आफ्नो समर्थन पहिले भन्दा झन् बढी रहने जनाउदै रविले पर्खाल भत्किएर केहि नहुने बरु शाहस र हिम्मत नभत्किए रंगशाला अबस्य बन्ने भन्दै फेसबुक मार्फत धुर्मुसलाई ढाडस दिएका छन्।

देशका लागि अन्तरास्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि मरिमेटेर लागि परेका धुर्मुसलाइ स्थानीयले रुवाउने काम गरेका छन्। धुर्मुस धुर्मुस सुन्तली ले निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला स्थानियले डोजर लगाएर भत्काएपछि धुर्मुसले निकै दुखित हुदै प्रस्तुत भएका छन्।आफुले देख्दा देख्दै पनि केही गर्न नसकेको बताएका धुर्मुसले भनेका छन् : यी रसाएका आँखा को मात्र हैन,परदेशमा रगत बगाउने लाखौँ युवाको पसिना हो । डोजरले जस्तापाताको बार हैन हामी नेपालीको मन भत्काउन लगाईएको धुर्मुसले बताए। बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले बार भत्काइदिएका थिए ।

अहिले देश भर रंगशालामा डोजर चलाएर भत्काउने कामको बिरोध गर्दै सामाजिक संजालमा बिरोध का आवाज तिब्र रुपमा सुनिएको छ। धुर्मस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको कर्मचारीहरुलाई समय समयमा डर र धम्कीसमेत आउने गरेको धुर्मुसले भिडियोमा मार्फत खुलासा गरेका छन्।